Homeबिबिधयस कारण बिर्तामोड औद्योगिक महोत्सव

यस कारण बिर्तामोड औद्योगिक महोत्सव

यही फागुन ५ गतेदेखि १५ गतेसम्म बिर्तामोडमा बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आयोजना हुँदैछ । कोरोना संक्रमणबाट थलिएको अर्थतन्त्र उठ्न नपाउँदै तिनै तहका निर्वाचन सम्पन्न भएर देशमा अस्थिर राजनीतिको अन्त्य भएपनि व्यापार–व्यवसाय क्षेत्रले गतिलिन नसक्दा ब्यापारी व्यवसायीहरु निराश छन् । राजनीतिक स्थायित्वपछि पनि व्यापार–व्यवसाय चलायमान हुन नसक्दा व्यवसायबाट निराश भएका व्यापारी–व्यवसायीलाई उत्साह थप्न नसकेपछि बिर्तामोड उद्योग बाणिज्य संघले निराश व्यापारी–व्यवसायीलाई रिफ्रस गराई उत्साहित गराउने उद्देश्यले आयोजित मेलासंग सम्बन्धित रहेर मेला संयोजक तथा संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेसंग रेजिना गौतमले गरेको संक्षिप्त कुराकानी ।
महोत्सवले स्थानीय व्यापारी व्यवसायीलाई के फाइदा गर्छ ?
–व्यापार–व्यवसायलाई प्राथमिकतामा राखेर आयोजना गरिएको महोत्सव हो । यो बेला व्यापार–व्यवसाय व्यवसाय धरासायीबाट  गुज्रिरहेको छ । घर–भाडा तिर्न नसकेर पलायन हुने अवस्था छ ।   यो संकटपूर्ण अवस्था हो । व्यवसायी–ब्यापारीहरु निराश छन् । यि सबै समस्यालाई मध्य नजर गरेर ब्यवसायीको गिरेको मन, घटेको आत्मबललाई महोत्सवले उर्जा दिने, हौसला दिन्छ भनेर नै महोत्सवको आयोजना गरिएको हो ।
अन्तराष्ट्रिय औद्योगिक मेला भनिएको छ, कस्ता कस्ता उद्योगका उत्पादनहरु हुन्छन् महोत्सव ?
– नेपालसंग व्यापारिक सम्बन्ध जोडिएका भारत, भुटान, बंगलादेश, पाकिस्तान लगायतका केही स्टलहरु महोत्सवमा रहन्छन् । ती स्टलहरुमा नेपालमा नपाइने तर, हाम्रो कृषि, उद्योग लगायतका क्षेत्रमा आवश्यक पर्ने कृषि औजारहरु भए, पाकिस्तानमा बनेको छालाको ज्याकेट, जुत्तासहित विदेशी उत्पादनहरु समेत रहन्छन् । यसका अलावा यहाँको सांस्कृतिक मौलिक पहिचान झल्कने, खाद्य परिकार, भेषभूषा, संस्कृति, पूर्वी पहाडमा उत्पादित कृषि उत्पादन तथा खनिजजन्य सामग्री लगायतका सामग्रीहरु हुन्छन् । देशका ७७ वटै जिल्लाका मानिसको बसोबास रहेको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव पहाड–मधेश र तराईलाई जोड्ने एउटा पुल पनि हो ।  
आर्थिक मन्दीका बेला आयोजित मेलाले आयोजकलाई र व्यवसायीलाई राहत दिन सक्ला ?
– ब्यवसाय प्रबर्द्धन गर्न र सुरक्षात गर्न मेला आयोजना गरिएको हो । यो ब्यापारी–ब्यवसायी उद्योगीका लागि सुबर्ण अवसर पनि हो । यो मेलामा पुर्बी पहाडी जिल्लामा उत्पादित विभिन्न बस्तु तथा सेवाको प्रबर्द्धनमा सहयोग पुग्नेछ । साथै झापा, मोरङ, सुनसरी लगायत देशका विभिन्न ठाउँबाट अवलोकनकर्ताहरु आउने हँुदा ब्यवसायिक प्रबर्द्धनका लागि बिज्ञापनको अवसर पनि हो । मेलाबाट ब्यापारी ब्यवसायीले तत्काल मात्रै होइन पछिसम्म लाभ लिन सक्छ्न । यहाँ रहेका साना–ठुला उद्योगका उत्पादनको बजारीकरणमा ठूलो महत्व राख्छ । ब्यापारमा तत्कालको लाभसंगै उपभोक्तालाई पछिसम्म जोड्ने हुँदा त्यसबाट पछिसम्म लाभ लिन सकिन्छ ।
स्थानीयसहित तिनै तहका सरकार र स्थानीय संघसंस्थाको सहयोग कस्तो छ ?
– यो मेलालाई सभ्य र भब्य बनाउनका लागि सरकारसंगै स्थानीय उद्योगी, ब्यापारी, ब्यवसायी साथै विभिन्न सामाजिक संघ–संस्था, सबैसँग छलफल र अन्तरक्रिया गरेका छौं । सो क्रममा उहाँहरु सबैले चासो ब्यक्त गर्नुभएको छ । महोत्सवलाई सफल बनाउन थुप्रै सुझावहरु आएका छ्न । ती सुझावलाई सकेसम्म हामीले कार्यान्वयन गर्ने प्रयास गरेका छौ । ब्यवसायीहरुले त पूर्वको व्यापारिक केन्द्रका रुपमा रहेको बिर्तामोड नगरलाई आकर्षक बनाउने र आन्तरिक तथा बाह्य अवलोकनकर्ता भित्र्याउने भन्नेमा चिन्तित हुनुहुन्छ । हामीसंग सोधिपनि राख्नु भएको छ । उहाँहरुको चासो र चिन्ताले हामीलाई आत्मबल बढेको छ । मेलालाई भब्य बनाउन हौसला प्राप्त भएको छ । मेला उत्पादक, प्रवद्र्धक र उपभोक्ता लक्षित भएको हँुदा त्यो स्वाभाविक पनि हो । हामी बिश्वास्त छौ सबैको पूर्ण सहयोग रहनेछ । स्यानीय सरकारलाई पनि मेलाको बारेमा लिखित तथा मौखिक रुपमा जानकारी गराएका छौ । उहाँहरुबाट पनि राम्रै रेस्पोन्स आएको छ । यो मेला हाम्रो पनि हो । सफल बनाउने दायित्व हाम्रो पनि जिम्मेवारी हो र उपलब्धि पनि हो भन्ने कुरासगै सहयोगको पनि आश्वासन आएको छ ।
महिला उद्यमीलाईलाई कसरी इन्करेज गर्दै हुनुहुन्छ ?
–महिला उद्यमीहरुसग विभिन्न चरणमा छलफल भएको छ । उहाहरु उत्साहित हुनुहुन्छ । महिला उध्यमीका विभिन्न उत्पादनका स्टलहरु महोत्सवमा रहनेछन । यसाघिको महोत्सवमा पनि महिलाहरुले सामुहिक रुपमा सेलरोटीको राम्रै ब्यापार गर्नुभएको थियोे । त्यसको नाफालाइ सामाजिक काममा खर्चनुभयो । यसपालि पनि महिला उद्यमीहरु जागरुक हुनुहुन्छ ।
महोत्सवमा सुरक्षा प्रबन्ध जस्तोः भिड नियन्त्रण, धुलो नियन्त्रण र स्टल सुरक्षा) कस्तो छ ?
– सुरक्षा प्रबन्ध राम्रै मिलाएका छौ । सुरक्षाका बिषयमा कसैले पनि चिन्ता लिनुपर्ने अवस्था छैन । हामी सबैलाई ढुक्क हुन आग्रह गर्छौ । जिल्लास्थित सबै तहका सुरक्षा निकायसग मेलाको सुरक्षाको बिषय र बिर्तामोडको सुरक्षाको सवालमा व्यापक छलफल भएको छ । छलफलका क्रममा सुरक्षा निकायका प्रमुखहरूले सुरक्षाको पुर्ण प्रत्याभूति हुने वचन दिनुभएको छ । सगसगै बाणिज्य सङ आफैले पनि केही सुरक्षागार्डको ब्यवस्था गरेको छ । हाम्रा स्वयंसेवकहरु पनि खटिनुहुन्छ । साथै मेलास्थलमा सुरक्षाका प्रबिधिको प्रयोग पनि गरिनेछ । राजमार्ग नजिकै मेलास्थल भएकाले यातायात ब्यवस्था गर्न पनि जरुरी छ । त्यसका लागि ट्राफिक प्रहरीसँग छलफल गरिएको छ । मेलास्थलमा पुरै कार्पेटिङ गर्नेहुनाले धुलोको समस्या हुन्छ जस्तो लाग्दैन ।
टिकटको बारेमा जानकारी गराइदिनुन् ?
–प्रतिव्यक्ति एकसय टिकट दर तय गरिएको छ । एकसयको टिकट लिएर भित्र पसेपछि त्यहाँ भएका स्टलहरु हेर्न सकिन्छ । सेल्फी जोनमा सेल्फी खिचेको शुल्क लाग्ने छैन । विद्यार्थी तथा अभिभावकका लागि निशुल्क शैक्षिक परामर्श लिन सकिन्छ । सांस्कृतिक नृत्य हेर्न सकिने छ । टिकटको बारेमा कुरा गरिरहँदा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । एकसयको टिकट लिएर भित्र पसेपछि त्यहाँबाट धेरै कुरा लिएर निस्कन सकिन्छ । जुन ज्ञानवद्र्धक हुन्छ । हाम्रो जीवनसंग जोडिएको हुन्छ । हाम्रो खेतिप्रविधि, शिक्षा, स्वास्थ्य, मनोरञ्जन आदि आदि । यिनीहरुका लागि अरु शुल्क तिरिराख्नु पर्दैन । कसले कति लिन सक्छ  भन्ने कुरा मात्रै हो ।  
अन्यत्र र विगतमा लागेको मेला भन्दा यसपालीको महोत्सवमा के फरक पाउँछन दर्शकले ?
शिक्षा, स्वास्थ्य र कृषि सम्बन्धी परामर्श, फराकिलो क्षेत्रफल, हेन्गर प्रविधिमा स्टल, विश्वकै अग्लो (दुवईमा अवस्थित) टावर, नेपालकै हिमाली क्षेत्रमा उत्पादित बस्तु, विदेशी उत्पादन, विभिन्न जातजातिका कला, भेषभूषा, सांस्कृति मौलिकता, दुवईमा मात्र रहेको सबैभन्दा ठूलो टावर र धरहरा, सेल्फी जोन, अक्टानोर्म तथा डोम विधिबाट बनाइएका विशिष्ठ खालका स्टल लगायतको दृष्यावलोकन गर्न सकिने छ । साथमा स्थानीय ब्याण्डको प्रस्तुती, साँझ राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहनेछ ।
अन्त्यमा ?
यो महोत्सव सबैको हो । तसर्थ सबै सहभागी भएर भरपूर मनोरञ्जन लिन आग्रह गर्दछु । यो मेला उत्पादक, प्रवद्र्धक र उपभोक्ता सबैका लागि हो ।  

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
बिबिधयस कारण बिर्तामोड औद्योगिक महोत्सव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img