बिर्तामोड ६ पुस । लायन्स क्लव अफ बिर्तामोड लेडीले लायन्स क्लवका संस्थापक मेल्भिन जाेन्सकाे जन्माेत्सवकाे अवसर पारेर गुरूकुलक बटुकहरूलाई न्यानाे कपडा वितरण गरेकाे छ ।
मेल्भिनकाे १४४ ओै जन्माेत्सवकाे अवसरमा लायन्स क्लव अफ बिर्तामाेडले बिर्तामाेड नगरपालिका वडा नं. – ६ स्थित हरिहर आश्रममा अध्ययनरत बटुकलाई न्यानाे ज्याकेट वितरण गरेकाे हाे ।
सस्थाको अद्यक्ष नंम्रता रिजाल ढकालको अद्यक्षतामा आयोजित कार्यक्रमको राष्टिय झण्डाको अभिवादन दुर्गा पौडेलले गरेका थिए ।
संस्थाकी अध्यक्ष नम्रता रिजाल ढकालकाे अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एरिया प्रमुख सत्य नारायण शर्मा, गुरुकूलको अध्यक्ष दाताराम तिम्सिना, निरज ओलीले मन्तब्य राखेका थिए। कार्यक्रममा स्थानिय अबिभाबक, लायन्स क्लब अफ स्माट लेडीको अध्यक्ष पार्वता गिरी साथै लायन्स क्लब अफ बिर्तामोड लेडीका सदस्यहरुको उपस्थिति थियो । इन्दिरा खरेलले सञ्चालन गरेकाे कार्यक्रममा स्वागत संस्थाका प्रथम उपाध्यक्ष निरू ओलीले गरेकी थिइन । रिजन चियर पर्सन उर्मिला खरेलले ओैचित्यमाथि प्रकाश परेकी थिइन ।
लायन्स क्लव अफ बिर्तामोड लेडीले लायन्स क्लवद्वारा गुरूकूलमा बटुकलाइ कपडा वितरण

































































































