बिराटनगर । झापा र भोजपुरको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेशीसहर नगरपालिका–६ लमजुङ घर भई काठमाडौं महानगरपालिका–५ बसपार्क मिलन टोलमा डेरा गरी बस्दै आएका २४ बर्षीया युकेन गुरुङ र भोजपुरको देउरालीका २१ बर्षीय रेबन बराईली रहेका छन् ।
गुरुङलाई हिजो साँझ ७ बजे झापाको भद्रपुर एयरपोर्टबाट काठमाडौं जान लागेको अवस्थामा चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध ब्राउन सुगर १२ ग्राम फेला पारी नियन्त्रणमा लिइएको हो । उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।
यसै गरी रेवन बराईलीको अपरान्ह ४ बजे जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका वडा नं.१० भैंसीपंखा मेजर चोक स्थितबाट लागुऔषध ब्राउन सुगर ९९० मिलीग्राम सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।
प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राऊ

































































































