कास्की १ माघ । पोखरास्थित सेती खोँचमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको शव फेला परेको छ । चारजनाको खोजी कार्य जारी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
पहिचान भएका पोष्टमार्टमपछि आफन्तलाई शब जिम्मा लगाउने बताइएको छ । साथै पहिचान खुल्न नसकेका शबको डिएनए परिक्षण गरेर मात्रै जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए ।
आइतबार बिहान दुर्घटनामा परेको यति एयरको ९ एन– एएनसी बिमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । काठमाडौँस्थति त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको २० मिनेटमा नै दुर्घटना गरेको थियो ।
जहाज पोखरा अन्तर्राष्ट्र्रिय विमानस्थल नजिकै सेती खोँचमा खसेको थियो। जहाज अप्ठ्यारो खोँचमा दुर्घटना भएकोले उद्दारमा कठिनाइ भएको नेपाली सेनाले जनाएको छ।
‘अहिलेसम्म जम्मा ६८ जनाको शव भेटिएको छ। ती मध्ये ३० जनाको शव गण्डकी अस्पतालमा पुर्याइएको छ । खोंचमा खसेका शबहरुको उद्दार कार्य जारी रहेको नेपाली सेना प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार खोँचमा भेटिएका शवहरु क्रेन, डोरी र भर्याङ प्रयोग गरेर माथि ल्याउने क्रम जारी छ। एउटै शव माथि निकाल्न पनि धेरै समय खर्चिनु परेकोले बाँकी शव अस्पतालमा ल्याउन थप समय लाग्नेछ।
त्यस्तै अज्ञात अवस्थामा रहेका चार जनाको खोजी कार्य जारी रहे पनि अहिले अँध्यारो हुँदै गएकोले उद्दारकर्ताहरुलाई समस्या भइरहेको छ।
यता काठमाडौँस्थित नागरिक उड्यान प्राधिकरणले सबै शव गण्डकी अस्पतालका जम्मा गरेर पोष्टमाटम गरेपछि मात्रै सम्बन्धित निकाय समन्वय गरी शव काठमाडौँ ल्याइने जनाएको छ।
पीडितका परिवार भने दुर्घटना भए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर आफन्तको अवस्थाबारे जानकारी मागिरहेका थिए। त्यस लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विमानस्थल पुगेका थिए।
६८जनाको शब फेला,पहिचान भएकाको पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाउने

































































































