पोखरा १ माघ । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ। काठमाडौँबाट आइतबार बिहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान सेती नदीको खोँचमा दुर्घटना भएको थियो।
विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। दुर्घटनाग्रस्त विमानमा सवार यात्रु जीवित भेटिने संभावना भने क्षीण भएको बताइएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार दुर्घटनाग्रस्त विमानबाट अन्य शवहरू निकाल्न प्रयास भइरहेको छ।
पोखरामा दुर्घटनामा परेको विमान सवार ३२ जनाको शव निकालियो

































































































