पोखरा १ माघ। काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो बताइएको छ सेतीको खोंचमा खसेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । सेतीको खोंचमा खसेका कारण मानव बस्तीमा भने धेरै क्षति नभएका स्थानीयले बताएका छन्
चालकदलसहित ७२ जना चढेको यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना पोखरा

































































































