HomeFeatured 2जनतालाई धाउने अवस्था बनाउँदिन –थेबे

जनतालाई धाउने अवस्था बनाउँदिन –थेबे

सुरुङ्गा १६ कार्तिक । झापा क्षेत्र नं ४बाट प्रतिनिधिसभाका प्रत्यासी उम्मेद्वार देउकुमार थेबेले जनताको जनमत जितिसके पछाडि आफ्नो सम्पूर्ण समय जनताका सामु गरेका प्रतिवद्धतालाई पुरा गर्न र विकासका लागि खर्चने उद्घोष गर्नुभएको छ ।
झापाको कनकाई नगरपालिका २ को धनुषकोटीधाममा गठबन्धनका उम्मेद्धारद्धारा आयोजित प्रचारसभालाई सम्बोधन गर्दै नेता थेबेले आफुले जनतासामु पुरा गर्न नसक्ने प्रतिवद्धता नगर्ने बताउँदै प्रतिवद्धता गरेका कुरालाई क्रमिक रुपमा आफ्नो कार्यकालमा पुरा गरी छाडने बताउँनुभयो । आफु यसअघि निर्वाचनमा पराजित भएर पनि निर्वाचित जनप्रतिनिधिको भन्दा वढी काम गरेको दावी गर्दै आफ्नो पहलमा करोडौको बजेट य क्षेत्रका विद्यालयमा आएको, धनुषकोटीधाम पश्चिम कनकाई माईको पूर्वी किनारमा तटबन्धन, सन्काह खोला किनाराको सुधिरमार्गलाई ५० लाख बजेट बिनियोजन गर्न पहल गरेको बताउँनुभयो ।
उहाँले भन्नुभयो–‘संयोगले आफ्नो परममित्र नै विषयगत मन्त्री समेत बनेको मौका पारेर मैले काम गर्ने मौका पाए र यी सबै काम मैले निर्वाचन हार्दा पनि गरेको छु । यदि तपाईहरुले मलाई निर्वाचन जिताउनुभयो भने म मेरो क्षेत्रमा विकासको मुल फुटाउँछु ।’
यो गर्छु रत्यो गर्छु भन्ने तर चुनावजितेपछि ५ बर्ष काठमाण्डौमा ट्राईसुटमा हिडने छुट मलाई छैन चुनावहारेपनि म विकासका लागि तपाईहरुकै घर आँगनमा रहनेछु जितेमा पनि रहनेछु थेबेले भन्नुभयो ।
जनताको सबै समस्याकावारेमा आफु जानकार भएकोले निर्वाचन जितेमा आफु कहाँ डेलिकेशन आउनुपर्ने अवस्था पनि आफुले नबनाउने थेबेको भनाई थियो । २०३६ सालको जनमत संग्रहदेखिनै म यस क्षेत्रमा राजनिति र जनताको काममालागिरहेको छु पार्टीमा समेत तल्लो तहबाट गाउँबाट उठेको मान्छे हु यसकारण पनि म जनताको साथमा रहेको छु । थेबेले अगाडि जित्नेहरुले झापा ४ का २८ वडामा घुम्दा कुनैपनि एउटा पुर्ण काम गरेको नपाएको भन्दै पुर्व सांसदहरुको कामको समेत समिक्षा गर्न आग्रहगर्नुभयो । थेबेले एउटा जनप्रतिनिधिले ५ बर्ष गाउँमा धोका दियो भने आफुहरु अरु १० बर्ष पछाडि पर्ने भन्दै आफुहरु ५ बर्ष पछाडि परिसकेको भन्दै अव यस्तो गल्तीनर्गन सबैलाई सुझाव दिनुभयो । नेपालको इतिहासमा २०१५ सालमा विपीले पहिलो पटक दुई तिहाईको बहुमत ल्याएको भएपनि त्यसलाई राजाले लामो समय चल्न नदिएको भन्दै त्यसपछि २०७४ मा केपीले दुई तिहाईको बहुमत ल्याएको तर यसवेला यस क्षेत्रका खोलानाला, धनीपुर्जा बितरण लगायातका सबै काम गर्न सक्ने अवस्था रहदा रहदै आफै सरकार ढालेको बताउँनुभयो । यता विपक्षीहरुले सन्काह खोलाको किनारमा माओवादीले सुकुम्वासी बनाइ दिएर सन्काह खोला थुनिएको हल्ला गर्ने गरेको भन्दै २०२१ सालको नापी अनुसार सुरुङ्गा खोलादेखि सुरुङ्गा बजारसम्मका १० औ वटा साना ठुला खोलाका मुहानलाई मिचेर अकुत सम्पत्ति कमाउनेहरुलाई चाहि किनवाकी राख्ने भन्दै प्रतिप्रश्न गर्नुभयो । जसको केही छैन ती केहि घर सन्थालहरु बसेकोमा आरिस गर्नेहरुले के के विगार गरेका छन हामीले हिसाब किताव नखोज्ने नेता थेबेको भनाई थियो ।
कार्यक्रममा माओवादी केन्द्रका समानुपातिक उम्मेद्धार बिजय साम्पाङ्ग र प्रदेशसभाका उम्मेद्धार एकराज उप्रेतीले समेत दिर्घ कालिन विकास र सरकार निर्माणका लागि आफ्नो टिमलाई भोट हाल्न आग्रह गर्नुभयो ।
सास्कृतिक कार्यक्रम समेत राखिएको सभामा सयौको संख्यामा स्थानीयको उपस्थिति हरेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2जनतालाई धाउने अवस्था बनाउँदिन –थेबे
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img