बिर्तामोड । आगामी मंसिर ४ गते हुने निर्वाचनमा यसअघि राष्ट्रिय रुपमा प्रतिनिधित्व गरेका ठूला दलदेखि साना दल र स्वतन्त्र उम्मेद्वारसहित झापा क्षेत्र नं. २ मा १ प्रतिनिधिसभा सदस्यका लागि १७ जना उम्मेद्वार चुनावी प्रतिष्पर्धामा छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा १ मा ९ जना उम्मेद्वार प्रतिष्पर्धामा छन् ।
यही निर्वाचनमा नेपाली कांग्रेस झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेस बी.पी.बाट नारायण भारती र प्रदेशसभा (१) मा कमल सिटौला छन् ।

युवाहरु बीच निकै लोकप्रिय भारती र सिटौला २ नं. क्षेत्रको प्रत्येक समुदाय बस्ती र घरघरमा पुगेर मतदाताका कुरा सुन्ने र आफ्ना भावीयोजना सुनाउँदै मतदाताहरुलाई आकर्षित पार्ने काम गरी रहेका छन् ।
पहिलो चरणमा २ नं. क्षेत्रका सबै बस्ती, गाउँ पुगेर आफ्ना एजेण्डा र भावीयोजना जनतासंग राखिरहेका छन् । निर्वाचन प्रचार प्रशारका क्रममा आफ्ना एजेण्डाले जनता खुशी भएको दुवै उम्मेद्वारहरु बताउँछन् । आफूहरुका एजेण्डाले आम मानिसले पूर्ण भरोसा दिएको बताउँदै आफूहरु जीतको नजिक पुगेको उम्मेद्वारद्वय भारती र सिटौलाले दावी गरेका छन् ।

































































































