Homeसमाचारलामो संघर्षपछि झापाबाट जन्मेको एमालेले दमनकारीलाई बोक्नु अचम्म–सिटौला

लामो संघर्षपछि झापाबाट जन्मेको एमालेले दमनकारीलाई बोक्नु अचम्म–सिटौला

भद्रपुर २९ असोज । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले गत निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा हात्तीको भारी बोकालाई बोकाउन खोज्दा ५ वर्ष विकास निर्माणविहिन व्यतित भएको बताएका छन् ।
भद्रपुरमा गठबन्धन आबद्ध दल निकट बुद्धिजीविसितको अन्तरक्रियालाई सम्बोधन गर्दै नेता सिटौलाले आफूले दोश्रो संविधानसभा निर्वाचनमा विजयी भएपछि सुरू गरेर सम्पन्न भएका दर्जनबढी आयोजना देखाएर मतदाता झुक्याउने राप्रपा उम्मेदवारले ५ वर्षे अवधिमा झापा ३ मा विकासका लागि सिन्को पनि नभाँचेको दाबी गरेका हुन् ।
परिवर्तनको दस्तावेज वर्तमान संविधान बिरोधी दलको नेताले प्रगतिशील भनिएको वाम गठबन्धनको मतबाट चुनाव जितेर त्यही दलको आदर्शमाथि प्रहार गर्दा समेत कम्युनिष्ट मतदाता मौन बस्नु विडम्बना भएको भन्दै पूर्व गृहमन्त्री समेत रहेका सिटौलाले यहाँ मेरो प्रतिस्पर्धामा एमाले छैन तर यसपालि पनि किन एमाले नेतृत्वले राजतन्त्रवादीलाई बोकेको हो ? भनेर आफू एकदमै अचम्ममा परेको बताए ।
उनले झापाबाट जन्मेको पार्टी हो एमाले भन्दै लामो संघर्ष, बलिदान भएको पार्टीले निरंकुश पंचायतका मण्डले दमनकारीलाई सहयोग गर्नु नहुँने धारणा राखे । नेता सिटौलाले देशका लागि आफूले तत्कालीन विद्रोही माओवादीसँग बाह्रबुँदे सहमति गर्न गरेको प्रयास, शान्ति प्रक्रियामा माओवादी आन्दोलनलाई ल्याएको र संविधान निर्माणसम्म महत्वपूर्ण भूमिका खेलेको भए पनि २००७ सालदेखिको परिवर्तनको लडाई बिरूद्ध निरन्तर प्रहार गर्ने राप्रपाको उम्मेदवारलाई एमालेबाट समर्थन हुनु व्यवस्था बिरोधी सलवलाउने वातावरण बन्ने प्रष्ट पारे ।
नेता सिटौलाले २०४६ सालदेखि २०६२–६३ को आन्दोलनमा समेत भद्रपुरमा सयौं मानिस घाइते भएको स्मरण गर्दै दुईजना त शहीद नै भएको सुनाए । उनले यस्तो सहादत प्राप्त गरेको ठाउँमा एमालेले फेरि सहिदको रगत बगाउन निरन्तर दमनमा रहेको राजतन्त्रवादीलाई नै समर्थन गर्ने गल्ती किन दोहो¥यायो भन्दै वर्तमान संविधानको जग भनेको गणतन्त्र भएको र २००७ सालको परिवर्तनको मौलिक उपलब्धि भनेको लोकतन्त्र रहेको सुनाउँदै २०६३ को परिवर्तनको मौलिकता चाहिं गणतन्त्र मान्ने एउटा शक्ति एमालेले राजतन्त्रवादी शक्तिलाई पटक–पटक बोक्नु वर्तमान वयवस्थाका लागि राम्रो नभएको प्रष्ट पारेका छन् ।
उनले संविधानको सही कार्यान्वयन गर्न नसक्दा गणतन्त्रले के दिन्छ भन्ने वितृष्णा उत्पन्न भएकाले आगामी संसद्बाट हामीले संविधानको कार्यान्वयनका लागि सही र वास्तविक पहल गर्न संविधानका पक्षधर मात्र संसदमा पुग्न आवश्यक भएको उल्लेख गरेका छन् । नेता सिटौलाले जनताले संवैधानिक व्यवस्थाबाट आफूलाई आर्थिक प्रगति भएको, सामाजिक सांस्कृतिक साँस्कृतिक उन्नति रहेकोे महसुस गर्न पाउनुपर्छ भन्दै त्यस्तो अवस्था निर्माण गर्न सत्तापक्ष, प्रतिपक्ष संसद्मा जो भए पनि समग्रमा एउटा निश्चित दूरी र समझदारीमा बसेर काम गर्न संस्कार आवश्यक रहेको जनाए ।
उनले जसले जतिसुकै कट्टर सोच राखेर हिंडे पनि कांग्रेसले नरम भएर सबैलाई मिलाउँदै हिंडेको पार्टी भएको उदाहरण दिँदै २०४६ सालमा गणेशमानजीले वामपन्थीलाई समेत समेटेर आन्दोलन अघि बढाएको, हामीले कम्युनिस्टहरूलाई, वाम विचारधाराका साथीहरूलाई साथमा लिएर लोकतन्त्रको बाटोमा अघि बढ्ने काम गरेको स्पष्ट पारेका छन् ।
सिटौलाले यो पल्टको चुनावमा संविधानको रक्षा, देशको विकास, जनताको आर्थिक प्रगति र समृद्धि नै मुख्य मुद्दा हुने उल्लेख गर्दै एमाले र माओवादी एकताबद्ध भएर ठूलो कम्युनिस्ट बनाए पनि उनीहरूको आन्तरिक खैलाबैलाले देशमै समस्या आएकाले देशले प्रगति हासिल गर्न नसकेको भन्दै स्थीर राजनीतिका लागि पनि काँग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा प्रदेश सभाका उम्मेदवार भूमिप्रसाद राजवंशी तथा पूर्णप्रसादसिंह राजवंशीले विगतमा एकपटक राजावादीलाई मत हाल्ने काम व्यवस्था विरोधी काम भए पनि यस पटक झापा ३ का मतदाताले संघीयता सहित गणतन्त्रको रक्षाका लागि गठबनधनको पक्षमा मत हाल्नु पर्ने धारणा राख्दै अत्यन्तै ठूलो बलिदान गरेको संघीय गणतन्त्रप्रति सहादत प्राप्त गरेका शहीदहरूलाई सम्झेर पनि राजावादीलाई मतदान गर्नु नहुने स्पष्ट पारेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलामो संघर्षपछि झापाबाट जन्मेको एमालेले दमनकारीलाई बोक्नु अचम्म–सिटौला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img