झापा २९ असोज । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको विषयमा पत्रकारलाई तटस्थ रहन नेपाल पत्रकार महासंघ झापाले आह्वान गरेको छ ।

व्यवसायिक, मर्यादित पत्रकारिताको पेशागत मर्यादा कायम गर्ने जिम्मेवारी महासंघका हरेक सदस्य तथा सञ्चारकर्मीकोे भूमिका रहने उल्लेख गर्दै महासंघ झापा शाखाले शनिबार एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र पत्रकारिता माथि नै गम्भीर प्रश्न उठ्ने गरी पत्रकारहरुबाटै सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट राजनीतिक दल वा उम्मेद्वारको पक्षमा मत माग्ने, प्रचार सामग्री पोष्ट, शेयर र कमेन्ट गर्ने, स्टाटस लेख्ने, अपिल गर्ने, पक्ष/विपक्षमा सूचना प्रवाह गर्दै मत व्यक्त नगर्न महासंघले सुझाएको छ ।

































































































