दमक २६ असोज । झापा क्षेत्र नं. ५ मा प्रतिनिधिसभातर्फ २५ जना उम्मेद्वार कायम रहेका छन् । प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका दुई आकांक्षी उम्मेद्वारले मनोनयन फिर्ता लिएपनि ३ महिलासहित अझै २५ जना उम्मेद्वार कायम रहेको झापा क्षेत्र नं. ५ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२५ जना मध्ये १२ जना स्वतन्त्र उम्मेद्वार छन् भने १३ जना विभिन्न राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेद्वार खडा भएका छन् । क्षेत्र नं. ५ मा प्रतिनिधिसभातर्फ सुलोचना राजवंशी र विष्णुप्रसाद सिग्देलले मनोनयन फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी झापा क्षेत्र नं. ५ प्रदेशसभा क्षेत्र नं.(१) मा ३ महिलासहित १० जनाको उम्मेद्वारी कायम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एकजना प्रदेशसभा सदस्यका लागि ११ जनाले मनोनयन दर्ता गराएका थिए । ती मध्ये इन्द्रबहादुर न्यौपानेले आफ्नो मनोनयन फिर्ता लिएको जनाइएको छ ।
त्यसैगरी क्षेत्र नं. ५ प्रदेशसभा (२) मा ४ जनाले मनोनयन फिर्ता लिंदा १२ जना उम्मेद्वार कायम रहेका छन् । ती मध्ये आठजनाले दलीय प्रतिनिधित्व गरेका छन् भने ४ जना स्वतन्त्र उम्मेद्वार रहेको सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
झापा क्षेत्र नं. ५ मा प्रतिनिधिसभा सदस्यका लागि २५ जना उम्मेद्वार

































































































