HomeFeatured 2संविधान रक्षाका लागि गठबन्धनलाई मत

संविधान रक्षाका लागि गठबन्धनलाई मत

अर्जुनधारा २६ असोज । नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले के।पी। ओलीकोे प्रतिगामी कदमबाट मुलुक र संविधानलाई बचाउन गठबन्धन गर्नुपरेको बताउँदै कार्यकर्ताहरुलाई गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराउन सक्रियतापूर्वक खट्न आह्वान गर्नुभयो ।
नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको विस्तारित भेलालाई सम्बोधन गर्दै पूर्वराज्य मन्त्री समेत रहनुभएकी प्रसाईले गठबन्धन दलका उम्मेद्वारको विजयले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्ने भनाइ राख्नुभयो ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमगाईंले गठबन्धन दल र उम्मेद्वारका विरुद्ध प्रतिगामी तत्व र विपक्षीहरुले फैलाएको भ्रमलाई चिरेर एकताबद्ध रुपमा साझा उम्मेद्वारहरुलाई विजयी गराउन सफल भएमात्र मुलुकलाई निरंकुश तानाशाहीको पञ्जाबाट मुक्त गराउन सकिने धारणा राख्नुभयो ।
झापा क्षेत्र नं– २ प्रदेश ख का उम्मेद्वार खगेन्द्र मैनालीले गठबन्धन दलको विजय सुनिश्चित रहेको भनाई राख्दै विपक्षीहरुले चलाएका तथ्यहिन र मिथ्या प्रचारको सशक्त ढंगले प्रतिबाद गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस अर्जुनधारा नगर समितिका सभापति हेमराज खरेलको सभापतित्वमा भएको कार्यक्रममा सहभागी पार्टी कार्यकर्ताहरुले प्रतिगमनकारीहरुको साँठगाँठबाट संविधान मास्ने षडयन्त्रलाई परास्त गर्न सम्पूर्ण पार्टी पंक्ति मैदानमा उत्रिएको जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव इन्दिबर खड्काले गर्नुभएको थियो ।
यसैबीच नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं झापा क्षेत्र नं–२ निर्वाचन परिचालन समितिका संयोजक सुधिरकुमार शिवाकोटीले केन्द्रमा गठबन्दन दलले गरेको निर्णयको इमान्दारीपुर्बक कार्यान्वयन गर्ने दायित्व मातहत निकायको भएको बताउँदै गठबन्धनमा आबद्द सबै दलका कार्यकर्तालाइ गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गर्नुभएको छ ।
नेपाली कांग्रेस विर्तामोड नगर समिति र झापा क्षेत्र नं–२ प्रदेश क को संयुक्त विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता शिवाकोटीले यस्तो आह्वान गर्नुभएको हो ।
भेलामा नेपाली कांग्रेस १ नं प्रदेश समिति सदस्य मिरा खड्काले प्रत्यक्ष उठन चाहने महिलालाई मुख्य राजनीतिक दलहरूले उम्मेदवार नबनाएर सबिधानको उल्लंघन गरेको धारणा राख्नुभयो । क्षमता भएका महिलाहरुलाइ पनि समानुपातिकतर्फ मात्रै राखेर निरीह बनाएको उहाँको भनाई थियो ।
भेलामा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, प्रदेश क का सभापति लक्ष्मी आचार्य लगायतले बोल्नुभएको थियो भने सहभागीहरुले जिज्ञाशा समेत राखेका थिए ।
विर्तामोड नगर समितिका कार्यबाहक सभापति सूर्य कन्दङ्वाको सभापतित्वमा सम्पन्न भेलाको सञ्चालन राजकुमार राजवंशीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2संविधान रक्षाका लागि गठबन्धनलाई मत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img