HomeFeatured 2झापामा प्रतिनिधि र प्रदेशसभाका १५ जनाद्वारा मनोनयन फिर्ता

झापामा प्रतिनिधि र प्रदेशसभाका १५ जनाद्वारा मनोनयन फिर्ता

झापा २६ असोज । आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सदस्यका लागि मनोनयन दर्ता गरेका झापाका १५ जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।
फिर्ता लिनेमा प्रतिनिधिसभा तर्फ ७ जना र प्रदेशसभा तर्फ ८ जना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापा क्षेत्र नं. १, २ र ४ बाट क्रमश राप्रपा नेपालका सन्तराज कार्की, कमल खरेल र विजय प्रसाद राजवंशीले प्रतिनिधिसभा सदस्य तर्फको मनोनयन फिर्ता लिएका छन् । त्यसैगरी स्वतन्त्रबाट क्षेत्र नंं. २, र ४ बाट क्रमश अर्पण बस्नेत, ख्याम नेपालले मनोनयन फिर्ता लिंदा क्षेत्र नं. ५ बाट विष्णुप्रसाद सिग्देल र सुलोचना राजवंशीले पनि मनोनयन फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
प्रदेशसभा सदस्य तर्फ मनोनयन फिर्ता लिनेहरुमा क्षेत्र नं.१ को (२) बाट गिताप्रसाद अधिकारी र राजन चिमरिया, ४ को (२) बाट भरतकुमार श्रेष्ठ, ५ को (१) बाट ईन्द्रबहादुर न्यौपाने र ५ को (२) बाट दिपेन्द्र तिवारी, वेदनिधी गौतम र राजन चापागाई वासुदेव भट्टराईले मनोनयन फिर्ता लिएको जनाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापामा प्रतिनिधि र प्रदेशसभाका १५ जनाद्वारा मनोनयन फिर्ता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img