Homeसमाचारचन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको २३ औं परिषद भेला

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको २३ औं परिषद भेला

भद्रपुर २५ भदौ । झापाको सदरमुकाम चन्द्रगढीस्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको २३ आंै परिषद भेला तथा साधाराणसभा स्थानीय मुना सामुदायिक भवनमा शनिबार सम्पन्न भएको छ ।
सभाको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले विरुवामा पानी हालेर उद्घाटन गर्नु भएको थियो ।
संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दुर्गाप्रसाद भट्टराईले भेटेनरी लगायतका विभिन्न कृषि कार्यक्रमहरुमा उपभोक्ता कृषकहरुलाई वन उपभोक्ता समुहले सहकार्य र सहयोग गर्दै जाने बताउनु भयो ।
उहाँले संस्थाका गतिविधिका बारेमा प्रकाश पार्दै वन समुहले गरेका कार्यहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेल, निवर्तमान अध्यक्ष हिराप्रसाद पोखरेल, वन डिभिजन कार्यलय झापाका कविन्द्रबिक्रम नेम्वाङ्ग, चुडामणी मैनाली, शिवराम लुईटेल, गोपाल कृष्ण मैनाली , पुंहातुजनज्योती माविका प्रअ. शिवप्रसाद पोखरेल, नेकपा माओवादी केन्द्रका भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो । भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संंचालन सचिव पार्वती मल्ल र स्वागत उपाध्यक्ष गोकुल ढकालले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको २३ औं परिषद भेला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img