भद्रपुर २४ भदौ । राष्ट्रिय मानवअधिकार मञ्च नेपालले झापामा गणेशप्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला कार्य समिति गठन गरेको छ ।
चन्द्रगढीमा शुक्रबार आयोजित जनस्तरहरुको एक भेलाले मञ्चका जिल्ला संयोजक दुर्गाप्रसाद पाठकको उपस्थितिमा सम्पन्न भेलाले मञ्चको उपाध्यक्षमा गंगा लिम्बु सचिवमा अनुप शर्मा, सहसचिवमा ज्योती न्यौपाने, कोषाध्यक्षमा लोकबहादुर अधिकारी र सह कोषाध्यक्षमा लालबहादुर दर्जीलाई सर्बसम्मत चयन गेको हो ।
आगमी ४ बर्षे कार्यकालका लागि गठित समितिका सदस्यहरुमा विष्णुप्रसाद काफ्ले, हिमाल वली, लोकेन्द्रबहादुर श्रेष्ठ, कमलप्रसाद घिमिरे, अनिता विमली, माया चापागाई र पौरप्रसाद खतिवडालाई सर्बसम्मत चयन गरिएको संयोजक पाठकले बताउनु भयो । मन्चले झापामा मानव अधिकारकरका बिषयमा सकृय रहेर काम गर्ने संयोजक पाठकको भनाई छ ।
राष्ट्रिय मानवअधिकार मञ्च नेपालको अध्यक्षमा पौडेल

































































































