झापा २५ भदौ । महामानब बी. पी. कोइरालाको १०९ औ जन्मजयन्तीको अवसर पारेर झापा गाउँपालिका वडा नं. ३ र ४ मा जनताको साथमा काङ्ग्रेस अभियान सम्पन्न भएको छ ।
वडा सभापती फर्मान सेखको सभापतित्व एवं केन्द्रीय सदस्य एवं अभियानका लागि केन्द्रीय प्रतिनिधि डा. डिला संग्रौलाको प्रमुख आतिथ्य र जिल्ला सभापति देउकुमार थेबेको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा किरण भट्टराई , जयनारायण साह, अन्जु थपलिया, सागिराथ गणेश, टन्क बिस्वकर्मा, लख्खि कुमारी गणेस, उज्जाल अलि साउ , सीता थेबे , जिल्ला सदस्यहरु अनिता केसी , दुर्गा सिटौला, याम भुजेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी डा. डिला संग्रौलाले एमालेले जनमतको सम्मान गर्न नसकेको बताउदै सन्तुलित ढंगले देशलाई अघि बढाउन नसक्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले जन्मसिद्ध नागरिकता पाउने बिधेयक ल्याएको चर्चा गर्दै एमालेले ब्यर्थमा यसको बिरोध गरेको धारणा राख्नुभयो ।
३ नं. वडा सभापति रामराज गणेशले स्वागत गर्नुभएको कार्यक्रममा ४ नम्बर वडा सभापति मोहमद ताहिर शेख, सुन्दर बेस्रा, जगन्नाथ राजबन्सी, अनिता के सी, एकराज उप्रेती लगायतले मन्तब्य राखेका थिए ।
जन्मसिद्ध नागरिकता पाउने बिधेयकमाथि एमालेको ब्यर्थमा विरोध

































































































