HomeFeatured 2विद्यार्थीको सिक्री लुटेर फरार दुईजना पक्राउ

विद्यार्थीको सिक्री लुटेर फरार दुईजना पक्राउ

दमक ११ भदौ । घाँटीमा लगाई राखेको चाँदीको सिक्री थुतेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका ४ चप्रामारीका टेके भनिने विक्रम मगर र ५ का विशाल ठटाल रहेका छन् । बाटोमा हिँडिरहेका विद्यार्थीको सिक्री लुटिएको सूचना पाएपछि गौरादह प्रहरीले लुटेराको खोजी सुरु गरेको थियो।
शुक्रबार बिहान गौरादह ५ का १६ वर्षीय विशाल हेमरम र मदन हेमरमको चाँदीको सिक्री लुटेर उनीहरू भागेका थिए ।
सिक्री लुटेर फरार रहेका उनीहरुलाई गौरादह ५ मा पर्ने कल्भर्टमा बसिरहेका बेला हिजो राति नै पक्राउ परेको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । पक्राउ परेका दुवै जनाले सिक्री गौरादह –५ का मिनबहादुर शंकरको सुनचाँदी पसलमा बिक्री गरेको बयान दिएको बताइएको छ।
लुटिएका सिक्री ५ तोला बराबरको भएको जनाइएको छ । इलाका प्रहरी कार्यालय दमकमा राखेर उनीहरू उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2विद्यार्थीको सिक्री लुटेर फरार दुईजना पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img