HomeFeatured 2झण्डा ओडेर गए कुईँकेल

झण्डा ओडेर गए कुईँकेल

अर्जुनधरा १२ भदौं । पद र प्रतिष्ठाका लागि पार्टीमा लाग्ने धेरै छन् । अझ अवसर खोज्दै पार्टी परित्याग गर्र्नेको संख्या पनि उल्लेख्य मात्रामा पाइन्छ ।
तर, झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडा क्षेत्रमा बसोबास गर्ने सोम कुइँकेल यस्तो नाम हो जसले कुनै दिन पद र प्रतिष्ठा चाहेनन् । उनी लामो समयसम्म नेपाली कांग्रेसमा क्रियाशील सदस्यको रुपमा रहेर कांग्रेसको राजनीतिमा अरुलाई जिताउन तल्लीन रहे । आफू मर्दा पार्टीको चारतारे झण्डा ओढाइदिए पुग्छ भन्ने मान्यता राख्ने उनी पार्टीभित्र निष्ठावान, इमान्दार र जुझारु कार्यकर्ताको रुपमा छुट्टै छवि बनाउन सफल भए ।
उनले अर्जुनधारा–४ मा नेकपा एमालेको किल्ला तोड्न यसपटक खेलेको भूमिका पार्टीका लागि अविस्मरणीय रह्यो । ३२ वर्षपछि एमालेको किल्ला भत्काउन सफल भएर छुट्टै छवि बनाएका कुइँकेलको आइतबार ६४ वर्षको उमेरमा निधन भएको छ । उनको निधनले सिंगो पार्टीलाई अपूरणीय क्षति पुगेको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले बताए ।
उनको निधनसँगै पार्टी सचिव हुमागाईसहित क्षेत्रीय सभापति खगेन्द्र मैनाली, प्रदेश ख सभापति किरण श्रेष्ठ, अर्जुनधारा नगर सभापति हेमराज खरेल र अर्जुनधारा–४ का पार्टी सभापति खेम काफ्लेले उनकै निवासमा पार्टीको चारतारे झण्डा ओडाउदै श्रद्धाञ्जलि अर्पण गरे । उनको आइतवार कनकाई माईमा हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।
कुइकेलका श्रीमती ओमकला कुईकोल सहित दुई छोरा प्रेम र युवराज तीन जना छोरी तुलसा , यमुना र जुली रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झण्डा ओडेर गए कुईँकेल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img