हल्दिबारी ११ भदौ । जंगली हात्तीले आक्रमणबाट झापाको हल्दिबारी–२ का बुबाछोरा घाइते भएका छन्।
हुनेमा हल्दिबारी गाउँपालिका– २ का ४९ वर्षीय कारसिंह र उनका ५ वर्षीय छोरा नरेन्द्र राजवंशी छन् । नाबालक छोरा नरेन्द्र बुबासँगै घर बाहिर निस्केका थिए। घाइते उनीहरुको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाइएको छ ।
बिहान लगभग साढे ४ तिर मर्निङ वाक निस्केका बुबाछोराको हात्तीसँग जम्काभेट भएको थियो । उनीहरूलाई हात्तीले खेदाएर आक्रमण गरेको झापा प्रहरीले जनाएको छ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ। जलथल जंगलबाट निस्केका हात्तीले एउटा पसलमा समेत क्षति पुर्याएको बताइएको छ।
हात्ती आक्रमणबाट घाइते बाबुछोरीको मेची अस्पतालमा उपचार हुँदै

































































































