झापा १० भदौ । स्रोत नखुलेको १३ लाख ६० हजार नगदसहित झापाको लसुनाबाट १ व्यक्तिलाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । झापा गाउँपालिकाको नेपाल भारत सीमानाका लसुना भन्सारबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका झापा गाउँपालिका वडा नं. १ का ५४ वर्षीय तेजबहादुर गणेशलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट पैदल नेपाल आउँदै गरेका गणेशमाथि शंका लागेर चेकजाँच गर्दा उनको साथमा रहेको २ वटा प्लाष्टिकको झोलामा प्याक गरेर बोरामा लुकाएर राखेको अवस्थामा प्रहरीले १ हजार दरका ९ सय थान नोट (नौलाख) ५ सय दरका ८ सय थान (चारलाख), १ सय़ दर ६०० थान नोट (६० हजार) सहित जम्मा १३ लाख ६० हजार स्रोत नखुलेको नेपाली रुपैयाँसहित गणेशलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जनाउनु भएको छ ।
पक्राउ परेका गणेशलाई फेला परेको रकमसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको बताइएको छ ।
स्रोत नखुलेको १३ लाख ६० हजार रकमसहित एकजना प्रहरीकाे नियन्त्रणमा

































































































