बिर्तामोड २४ साउन । नेकपा एमाले झापाले विभिन्न कालखण्डमा पार्टीबाट अलग भएका एमाले कार्यकर्तालाई घर फर्कन आह्वान गरेको छ ।
नेकपा एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न कालखण्डमा पार्टीबाट अलग भएका एमाले कार्यकर्ताहरुलाई घर फर्किन आह्वान गर्नुभएको हो । कार्कीद्वारा जारी विज्ञप्तिमा दोषजति सबै कांग्रेसमाथि थोपर्दै र बामपन्थी आन्दोलनको मुख्य कांग्रेस नै रहेको ठहर गर्दै भनिएको छ–‘राजनैतिक, आर्थिक, सामाजिक क्षेत्रमा वैदेशिक हस्तक्षेप बढेको छ । भारतीय सिमा अतिक्रमण बढ्दो छ । कालापानी, लिम्पियाधुरा, लिपुलेक सहितको चुच्चे नक्सा हाम्रो अगुवाईमा कायम गरिएको भएपनि यो गठबन्धन सरकारले भुभाग फिर्ता गर्ने कुनै पहल गरेको छैन । यो गठबन्धन सरकारले राष्ट्रियतामा गम्भीर संकट उत्पन्न गर्ने गरी नागरिकता विधेयक जारी गरेको छ । देश आर्थिक संकट तर्फ धकेलिदै । एमाले सरकारमा रहदा जागृत गरेको नेपाली जनताका विकासका सपनाहरु मुर्झाएका छन् । सरकारको संरक्षणमा भ्रष्ट्राचार संस्थागत गरिएको कुरा भ्रष्ट अर्थमन्त्रीको पुर्नवहालीबाट प्रष्ट भएको छ । आज देश असफल राष्ट्र तर्फ धकेलिदै छ ।

नेपाली जनताको मुल अन्तरविरोध रहेको विदेशी दलाल नोकरशाही पुजीपती वर्गको नेतृत्व नेपाली काग्रेसले गरिरहेको छ । राष्ट्रलाई वैदेशिक हस्तक्षेपबाट मुक्त गराएर ‘सुखी नेपाली—समृद्ध नेपाल’ बनाउने परिकल्पना शोषण रहित समाजका साथ गरिएका बामपन्थी आन्दोलनको मुल बाधक नेपाली कांग्रेसनै हो । केही बामपन्थी पार्टीहरु राजनैतिक सोच, चिन्तन र विचारबाट स्खलित भएर नेपाली कांग्रेसलाई काँधमा बोकेर हिडिरहेका छन् । नेपाली कांग्रेसको नेतृत्वमा समाजवादी यात्रा सम्भव छैन त्यसैले बामपन्थी आन्दोलनमा विश्वास राख्ने जोसुकैले पनि गम्भीर हुनुपर्ने अवस्था आएको छ ।’
कांग्रेसको नेतृत्वमा समाजवादी यात्रा पूरा हुन नसक्ने उल्लेख गर्दै विज्ञप्तिमा उल्लेख छ–‘राष्ट्रलाई वैदेशिक हस्तक्षेपबाट मुक्त गराएर ‘सुखी नेपाली—समृद्ध नेपाल’ बनाउने परिकल्पना शोषण रहित समाजका साथ गरिएका बामपन्थी आन्दोलनको मुल बाधक नेपाली कांग्रेसनै हो । केही बामपन्थी पार्टीहरु राजनैतिक सोच, चिन्तन र विचारबाट स्खलित भएर नेपाली कांग्रेसलाई काँधमा बोकेर हिडिरहेका छन् । नेपाली कांग्रेसको नेतृत्वमा समाजवादी यात्रा सम्भव छैन त्यसैले बामपन्थी आन्दोलनमा विश्वास राख्ने जोसुकैले पनि गम्भीर हुनुपर्ने अवस्था आएको छ ।

































































































