HomeFeatured 2गठबन्धनको सिट बाँडफाँड कार्यदलको संयोजकमा सिटौला

गठबन्धनको सिट बाँडफाँड कार्यदलको संयोजकमा सिटौला

बिर्तामोड २३ साउन । कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट गर्न गठबन्धनद्वारा गठित कार्यदलको संयोजकमा चयन भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पहिलो बैठकले सिटौलालाई बैठकको संयोजन गर्ने जिम्मा दिएको कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
पहिलो बैठकमा सबैले आआफ्नो धारणा राखेको र ठोस कार्ययोजनासहित साउन २६ गते अर्को बैठक बस्ने कार्कीले बताउनु भयो । यो कार्यदलले सिट बाँडफाँटको लागि विस्तृत छलफल गरेर आफ्नो प्रतिवेदन शीर्ष बैठकमा पेश गर्ने उहाँले जानकारी दिनुभयो ।
कार्यदलमा कांग्रेसबाट सिटौला र कार्कीसहित महामन्त्री गगन थापा छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा तथा नेकपा एसबाट प्रमेश हमाल र बेदुराम भुसाल सदस्य छन् ।
त्यस्तै कार्यदलमा जसपाबाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2गठबन्धनको सिट बाँडफाँड कार्यदलको संयोजकमा सिटौला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img