बिर्तामोड २२ साउन । बर्तामोड नगरपालिकाले ७ दिनभित्रमा फुटपाथ खाली गर्न सार्वजनिक सूचना गरेको छ ।
बिर्तामोड बजार क्षेत्रमा घर तथा सटर भाडमा लिएर व्यापार व्यवसाय गरिरहेका व्यवसायीले आफ्नो व्यवसाय फुटपाथसम्म विस्तार गर्दा सवारी आवत जावत तथा पैदलयात्रीहरुलाई समेत समस्या भएको, दुर्घटनाको जोखिम समेत बढेको भन्दै फुटपाथ खाली गर्न नगरपालिकाले सूचना गरेको हो ।
नगरपालिकाका उपसचिव तिलचन भण्डारीद्वारा हस्ताक्षरित सूचनामा सूचना प्रकाशित भएको सातदिन भित्र फुटपाथ खाली गर्न अनुरोध गरिएको छ ।
सातदिनमा फुटपाथ खाली गर्न बिर्तामोड नगरको अनुरोध

































































































