कचनकवल २२ साउन । भन्सार छली भारततर्फ लैजाँदै गरेको अवैध सामानसहित पिकअपलाई प्रहरीले नेपाल भारत सिमा दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएको छ । प्रहरीले कचनकवल गाउँ पालिका वडा नं ४ स्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा नेपालबाट भारत तर्फ अबैध रुपमा भन्सार लैजाँदै गरेको २६ कार्टुन बियर मध्ये (९ कार्टुन गोर्खा बियर र १७ कार्टुन अर्ना बियर) साईन फिटो (कोक) १ कार्टुन, स्प्राईट ३ बण्डल (१.५ लि.) कोकाकोला २ बण्डल (१.५ लि.) र पिकअप सहित जम्मा अनुमानित मूल्य रु. सातलाख ७८ हजार छसय रुपैयाँ बराबरको सामान सहित पिकअप नियन्त्रणमा लिएको हो । सशस्त्र प्रबल बि.ओ.पि. केचनाबाट खटिएको ससस्त्र प्रहरी टोलीले सामान लैजान प्रयोग गरिएको को १ च ६२३४ नं. को पिकअपसहित चालक इलामको देउमाई
नगर पालिका –२ का कपिल मगरलाई समेत जिल्ला प्रहरी प्रवक्ता बसन्त पाठकले जनाउनु भएको छ ।
पक्राउ गरिएको सामान आवस्यक कारबाहीको लागि भन्सार कार्यालय भद्रपुरमा बुझाइएको प्रहरी प्रवक्ता पाठकले जानकारी दिनुभयो ।
दशगजा क्षेत्रबाट भारत लैजाँदै गरेको अवैध सामानसहित पिकअप नियन्त्रणमा

































































































