Homeसमाचारभाेट पाउने आशमा झुटाे बाेल्दिन- शर्मा

भाेट पाउने आशमा झुटाे बाेल्दिन- शर्मा

चन्द्रगढी २२ साउन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनाव जित्नका लागि गर्न नसकिने र नहुने कुरा नबोल्ने बताउनु भएको छ । झापाको चन्द्रगढीमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भन्नुभयो,‘म त्यस्तो राजनीतिकर्मी बन्न चाहान्न जस्ले भोटका पाउने नाममा हुने नहुने कुरा सबै बोल्छ ।’
डेमोक्रेटिक लयर्स एसोसिएशन झापाले आयोजना गरेको ‘मुलुकको समसामयिक परिस्थिति’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री शर्माले चुनाव जित्ने नाममा नहुने कुरा बोलेकै कारण आज राजनितिकर्मी प्रति प्रश्न उठेका छन । ‘एउटा चुनाव जितिन्छ भन्दैमा गर्नै नसकिने कुरा म बोल्दिन,’ वहाँले भन्नुभयो, ‘बोलेको कुरा पुरा गर्न नसकिने राजनितिकर्मी बन्नु छैन ।’
महामन्त्री शर्माले हाम्रो देश श्रीलङ्गा जस्तो चरम आर्थिक संकटमा नफस्ने दाबी गर्नु भयो । ‘श्रीलङ्गा जस्तो हुन्छ भनेर हल्ला चलाइएको छ,’ शर्माले भन्नुभयो, ‘त्यो मानसिकताले केही क्षेत्रहरुमा नकरात्मक असर पारेको छ । हाम्रो र श्रीलङ्गाको परिस्थिति फरक भएकाले नेपाल श्रीलङ्गाको अवस्थामा पुग्दैन ।’
नेपाल बन्दैन भन्ने निराश मानसिकतालाई भत्काउँदै अगाडी बढ्नु पर्ने अहिलेको आवश्यकता भएको बताउँदै शर्माले भन्नुभयो, ‘अब राजनितिक दलले युवाको भोट मात्रै होईन उनीहरुको भविश्यको पनि चिन्ता लिनु पर्छ ।’
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबेले आगामी चुनावमा झापामा काँग्रेस बलियो भएर प्रस्तुत हुने बताउनु भयो । भद्रपुर नगरका प्रमुख गणेश पोखरेलले जनभावना अनुरुप काम गर्न सके राजनितिक दललाई नै जनताले रोज्ने बताउनु भयो । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजबंशीले काँग्रेसले गठबन्धन भन्दा पनि एक्लै चुनावमा जानु पर्ने बताएकी थिइन ।
कार्यक्रममा नेपाल बारका केन्द्रीय उपाध्यक्ष सुरज खत्री, पुर्व उपाध्यक्ष अशोक कुमार पोखरेल, नेपाल बार झापाका अध्यक्ष हरि अधिकारी, बारकी केन्द्रीय सदस्य यज्ञलक्ष्मी चौंलागाई, कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्र विक्रम नेम्वाङ्ग, पिपिएलएका अध्यक्ष चित्रबहादुर मगर, आरपिएलए झापाका अध्यक्ष कालिप्रसाद सञ्जेल, प्रजातान्त्रीक बिचार समाजका अध्यक्ष चिन्तामणी दाहाल लगायतले राजनितिक दलहरु जिम्मेवार भएर प्रस्तुत हुनु पर्नेमा जोड दिएका थिए
जिल्ला समन्वय समिति झापाको सभाकक्षमा सम्पन्न कार्यक्रम डेमोक्रेटिक लयर्स एसोसिएसन झापाका अध्यक्ष यज्ञप्रसाद अधिकारीको सभापतित्व र भरत प्रसाईको सञ्चालनमा सम्पन्न भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभाेट पाउने आशमा झुटाे बाेल्दिन- शर्मा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img