HomeFeatured 2ठगी र विस्फोटक पदार्थ सम्बन्धी कसुरका आराेपित पत्रकार पराजुली र रिजाललाई निलम्बनको...

ठगी र विस्फोटक पदार्थ सम्बन्धी कसुरका आराेपित पत्रकार पराजुली र रिजाललाई निलम्बनको निर्णय

बिर्तामोड २२ साउन । झापाको दमकस्थित हिमशिखर टेलिभिजनको समाचार प्रमुखका रुपमा कार्यरत पत्रकार भूमिराज पराजुलीलाई नेपाल पत्रकार महासंघ झापा शाखाले निलम्बनको सिफरिस गरेको छ ।
दमक १० (५) घर भएका पत्रकार पराजुलीलाई निलम्बनका लागि नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो । महासंघ झापाको आज बसेको बैठकले यस्तो निर्णय गरेको महासंघ झापाका सचिव डिकेश लामाले जानकारी दिएका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य समेत रहेका पराजुली उपर वैदेशिक रोजगार विभागमा दर्ता भएको ठगी सम्बन्धि मुद्दाका सन्दर्भमा विभागले जिल्ला प्रहरी कार्यालय झापालाई कसुरदार पक्राउ गरी उपस्थित गराई दिने भनी पत्राचार गरेसंगै पराजुलीले झापासहित विभिन्न जिल्लाका सर्बसाधारणलाई ठगी गर्दै आएको रहस्य खुलेको थियो । यो संगै झापा शाखाको बैठकले पराजुलीका सम्वन्धमा विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएको समाचारका विषयमा समेत ध्यानाकर्षण भएको जनाएको छ ।
फैजदारी सम्बन्धि मुद्दाका कसुरदारको रुपमा रहेका पत्रकार पराजुली माथि लागेको कसुर उपर अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले उक्त मुद्दा किनारा नलागेसम्मका लागि पत्रकार पराजुलीलाई महासंघको सदस्यताबाट निलम्बनका लागि पत्रकार महासंघ प्रदेश–१ समिति समक्ष सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको महासंघ झापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वैदेशिक रोजगार विभागमा गत असार २० गते पराजुलीविरुद्ध उजुरी परेको र उजुरीका आधारमा विभागले जिल्ला प्रहरी कार्यालय झापालाई पत्राचार गरेको थियो । विभागका अनुसन्धान अधिकृत कृष्णकुमारी भण्डारीद्वारा हस्ताक्षरित पत्रमा दमक–१० (५) बस्ने ३२ वर्षीय पराजुलीलाई पक्राउ पुर्जी जारी गर्दै निजको मेडिकल गराई विभागमा उपस्थित गराई दिन भनिएको थियो ।
पत्रकार पराजुलीले युरोप मुलुक रोमानिया पठाउने भन्दै झापाको दमक, पाँडाजुगी, बिर्तामोड, भद्रपुर, इलाम र मोरङको बेलवारीका १४ जनाभन्दा बढीबाट जनही ३ लाख रुपैयाँसम्म ठगी गरेको पीडितहरुले बताएका छन् ।
पत्रकार पराजुलीले रोमानिया पठाउने भन्दै धेरैलाई घरमै बोलाएर इन्टरभ्यू समेत लिने गरेको र इन्टरभ्यूपछि रोमानियाको भिषा पक्का भयो भन्दै रकम लिने गरेको आरोप लागेको थियो ।
त्यसैगरी महासंघ झापा शाखाका सदस्य दमक निवासी पत्रकार उत्तम रिजाललाई समेत महासंघ झापा शाखाले निलम्वनको सिफारिस गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा दर्ता भएको संगठित अपराध तथा विस्फोटक पदार्थ सम्बन्धि कसुरका सन्दर्भमा पत्रकार रिजाल माथि लागेको कसुर उपर अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले उक्त मुद्दा फैसला नहुन्जेल र सफाई नपाए सम्मका लागि पत्रकार रिजाललाई महासंघको सदस्यताबाट निलम्बनका लागि पत्रकार महासंघ प्रदेश–१ समिति समक्ष सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2ठगी र विस्फोटक पदार्थ सम्बन्धी कसुरका आराेपित पत्रकार पराजुली र रिजाललाई निलम्बनको...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img