Homeसमाचारकर समायोजन गर्न माग गर्दै बिर्तामोड कांग्रेसले बुझायो ज्ञापन पत्र

कर समायोजन गर्न माग गर्दै बिर्तामोड कांग्रेसले बुझायो ज्ञापन पत्र

बिर्तामोड २२ साउन । बिर्तामोड नगरपालिकाले अप्रत्यासित रुपमा कर बृद्धि गरेपछि नेपाली कांग्रेस क्षेत्र नं.–२ प्रदेश ‘क’ र बिर्तामोड नगरसमितिले सर्बसाधारण जनतालाई राहत पुग्ने गरी तत्काल समायोजन गर्न माग गर्दै आइतबार नगरपालिका समक्ष ज्ञापन पत्र बुझाएको छ ।
प्रदेश क सभापति लक्ष्मीप्रसाद आचार्य र नगरका कार्यवाहक सभापति सूर्यप्रसाद कन्दङ्वाको नेतृत्वमा नगरपालिका पुगेको कांग्रेस कार्यकर्ताको टोलीले नगरप्रमुख पवित्रा महतारा प्रसाईलाई ४ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको हो ।
जसमा आव २०७९/०८० का लागि बृद्धि गरिएको मालपोत, सम्पत्ति कर, भूमिकर तत्काल फिर्ता लिएर सर्वसाधारण जनतालाई राहत पुग्ने गरी समायोजन गरिनुपर्ने, बिर्तामोडको फोहोर व्यवस्थापन नहुँदा संक्रामक रोगहरु फैलन सक्ने जोखिम बढेकोले यथाशिघ्र फोहोर व्यवस्थापन गरिनुपर्ने माग गरिएको छ ।
यसै गरी कोरोनाको समयमा बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित क्वारेन्टिन र आइसोलेसन कार्यक्रमको खर्च बिबरणको सार्वजनिक सुनुवाई गरिनुपर्ने एवम् सार्वजनिक खरिद ऐनको दफा ६२–६३ मा उल्लेखित नियम विपरित बिर्तामोड नगर अस्पतालद्वारा वितरण गरिने निःशुल्क औषधीको ठेक्का प्राप्त अमन फार्मेसीको ठेक्का तत्काल खारेज गरिनुपर्ने माग अघि सारिएको छ । अमन फार्मेसीका सञ्चालक अप्सरा बुढाथोकी नगरपालिकाकै कर्मचारी ओम खड्काकी श्रीमती रहेको बताउँदै प्रदेश क सभापति आचार्यले जनप्रतिनिधि तथा कर्मचारीका नातेदारलाई ठेक्का दिन नपाइने व्यवस्था सार्वजनिक खरिद ऐनको दफा ६२–६३ मा उल्लेख गरिएको बताए ।
स्मरण रहोस् गत आवमा पनि निःशुल्क औषधी वितरणको ठेक्का पाएको अमन फार्मेसी बिवादमा तानिएपछि ठेक्का खारेज गरिएको थियो ।
नगर स्वास्थ्य प्रमुखको भूमिकामा रहेका ओम खड्का समेत कोरोनाको खोप लुकाएको आरोपमा विवादित बनेका थिए । श्रीमतीका नाममा रहेको अमन फार्मेसी खड्का आफैंले सञ्चालन गरेको बुझिएको छ ।
ज्ञापन पत्र बुझाउँदै नेपाली कांग्रेस बिर्तामोड नगरसमितिका उपसभापति सूर्यप्रसाद कन्दङ्वाले जनताको सुविधा र नगरको विकासलाई ध्यानमा राखेर जनतालाई समस्या नहुने गरी कर समायोजन गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा उपस्थित अधिकांसले नगरपालिकाले विधानतः एक वर्षमा अधिकतम २० प्रतिशत भन्दा बढी कर उठाउन नपाउने दावी गर्दै नगरपालिकाले कति प्रतिशत कर बढाएको हो ? भन्दै नगरप्रमुखसंग जवाफ माग गरेका थिए । कर बढाउँदा जनताले धान्न सक्ने गरी बढाउन सहभागिको सुझाव थियो ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले कम्प्युटरको सफ्टवेयरमा जग्गाको मूल्याङ्कन सम्बन्धी विवरण अपडेट गर्दा कमी कमजोरी भएका कारण हाल तीनदिनका लागि सफ्टवेयर बन्द गरेर गल्ती सच्याउने काम भइरहेको बताइन । बाटोको अवस्था, स्तरबृद्धिको आवश्यकता र जग्गाको प्रचलित मूल्य अनुसार मूल्याङ्कन गरी कर बृद्धि गरिएको जानकारी दिंदै पूर्ण रुपमा घटाउन नसकिने दावी गरिन । उनले भनिन्–‘पूर्ण रुपमा कर घटाउदा वडाको सिलिङ बजेट घट्छ, योजना प्रभावित हुन्छन्, राजस्व परामर्श गरेर केही प्रतिशत कर बृद्धि गरिएको हो ।’
बिर्तामोडमा जनघनत्व बढेको र बिर्तामोडकै केही भद्रभलाद्मीका कारण फोहोर व्यवस्थापनमा समस्या भएको बताउँदै उनले थपिन्–‘बिर्तामोडमा केही यस्ता भद्र भलाद्मी हुनुहुन्छ उहाँहरुले कनकाई–८ मा बिसर्जन गरिंदै आएको फोहोर सोही ठाउँमा गएर फाल्न नदिनु भनि स्थानीयलाई उकास्नु भएको छ, फोहोर बोकेका गाडीमाथि ढुङ्गा–मुडा गरेर ड्राइभरलाई समेत धम्क्याउनु भएको छ ।’
बिर्तामोड ७ र अर्जुनधारामा फोहोर विर्सजनस्थल खोज्ने काम जारी रहेको बताउँदै नगरप्रमुख प्रसाईले सबै नागरिक जिम्मेवार नभएसम्म र भद्रभलाद्मीको चेत नआएसम्म सरसफाई सम्भव नहुने जिकिर गरिन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकर समायोजन गर्न माग गर्दै बिर्तामोड कांग्रेसले बुझायो ज्ञापन पत्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img