Homeसमाचारबरालको नेतृत्वमा प्रेस क्लब मेचीनगर, निरौला र आचार्य पुरस्कृत

बरालको नेतृत्वमा प्रेस क्लब मेचीनगर, निरौला र आचार्य पुरस्कृत

काँकरभिट्टा । प्रेस क्लब मेचीनगरको अध्यक्षमा डम्बर बराल निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार भएका डम्बर बरालसहित उनी नेतृत्वको प्यानल नै निर्वाचित भएका छन् । प्रेस चौतारी तर्फबाट अध्यक्षका उम्मेदवार शिशिर चम्लागाईलाई १ मतको अन्तरले पाखा लगााउँदै बराल अध्यक्षमा निर्वाचित भएका हुन् । बरालले २४ मत र चम्लागाईले २३ मत प्राप्त गरेका थिए ।
क्लबको उपाध्यक्ष, सचिव र सहसचिवमा गठबन्धनका उम्मेद्वार निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट जीआर धितालले २५ मत, सचिवमा देबु बानियाँ २८ मत, सहसचिवमा समेत गठबन्धनकै एकीकृत समाजवादी पार्टीको तर्फबाट दीलिप थापाले ३० मत प्राप्त गर्दै निर्वाचित भए । निर्वाचनमा कुल ५९ मतदाता मध्ये ४७ जनाले मतदान गरेका थिए ।
क्लबको समावेशी उपाध्यक्षमा रीता दाहाल र कोषाध्यक्षमा विनिषा शर्मा, सदस्यहरुमा गठबन्धनको तर्फबाट होमराज राई, विश्वास दाहाल र सुजन प्रधान तथा प्रेस चौतारी नेपालका गगन ढकाल, विकास देवकोटा र नेहाल दर्जी सर्वसम्मत निर्वाचित भएका छन् ।
निर्वाचनमा प्रेस चौतारी एक्लै भिडेको थियो भने प्रेस युनियन, एकीकृत समाजवादी र प्रेस सेन्टरको गठबन्धन रहेको थियो । नयाँ नेतृत्व चयन गर्न सन्तोष आचार्य संयोजक तथा अम्बिका भण्डारी, ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल र विश्व थापा सदस्य रहेको पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
दुई पत्रकार पुरस्कृत


प्रेस क्लब मेचीनगरको बार्षिक अधिवेशन तथा पाँचौँ साधारण सभा उद्घाटनका अवसरमा मेचीनगरका दुई पत्रकार पुरस्कृत छन् ।
पुरस्कृत हुनेमा मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कारबाट क्लबका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला र मेचीनगर प्रोत्साहित पत्रकारिता पुरस्कारबाट उदयमान पत्रकार युवराज आचार्य रहेका छन् ।
प्रोत्साहन पत्रकारिता पुरस्कारको राशी ११ हजार १११ रुपैयाँसहित प्रमाणपत्र रहेको थियो भने उदियमान पत्रकार आचार्यले नगद ५ हजार ५५५ रुपैयाँसहित प्रमाण पत्र प्रदान गरिएको थियो । दुवै पुरस्कार मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले वितरण गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबरालको नेतृत्वमा प्रेस क्लब मेचीनगर, निरौला र आचार्य पुरस्कृत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img