बिर्तामोड २१ साउन । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ झापाको जिल्ला नवौं जिल्ला सम्मेलन आगामी भदौ ४ र ५ गते बिर्तामोडमा हुने भएको छ ।
सम्मेलनलाई लक्षित गर्दै अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष जसमाया गजमेरको अध्यक्षतामा आज विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले सम्मेलन सम्पन्न गर्नका लागि अध्यक्ष गजमेरको संयोजकत्वमा राजनैतिक प्रतिवेदन लेखन समिति, सचिव चन्द्रा श्रेष्ठको संयोजकत्वमा सांगठानिक प्रतिवेदन लेखन समिति, कोपिला चौलागाँईको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरेको छ ।

त्यस्तै सीता विकको संयोजकत्वमा खाद्य व्यवस्थापन उपसमिति, भीमा शिवाकोटीको संयोजकत्वमा प्रचार–प्रशार, कमला आचार्यको संयोजकत्वमा आर्थिक, भक्ता दाहालको संयोजकत्वमा अतिथी सत्कार, शान्ता रोक्काको संयोजकत्वमा स्वास्थ्य, रेनुका डाँगीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन, लीला दाहालको संयोजकत्वमा स्वयं सेवक उपसमिति र चित्रा पराजुलीको संयोजकत्वमा सांस्कृतिक उप समितिहरु गठन गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले समुद्घाटन गर्ने सम्मेलनमा नगरपालिकाबाट १०/१० जना तथा गाउँपालिकाबाट ५/५ जना र क्षेत्रबाट ७/७ जनाका दरले प्रतिनिधि सहभागी गराइने प्रचार प्रशार समितिका संयोजक भीमा शिवाकोटीले जानकारी दिनुभयो ।

































































































