बिर्तामोड २१ साउन । हातखुट्टा नभएका नेपाल र भारतका पीडितहरुलाई लक्षित गरी पश्चिम बंगालको सिलीगुडीमा ४ दिने कृतिम हातखुट्टा प्रत्यारोपण शिविर हुने भएको छ ।
दुवै देशका पीडितलाई लक्षित गरी भदौ ४ गतेदेखि ७ गतेसम्म कृतिम हातखुट्टा प्रत्यारोपण शिविर सञ्चालन हुने बिर्तामोडका व्यवसायी प्रवीण अग्रवालले जानकारी दिनुभयो ।
मारवाडी युवा मञ्च सिलिगुडीको आयोजनामा हुन लागेको शिविरमा हातखुट्टा जस्तो संवेदनशील अंग नभएर दुःखका साथ जीवन विताइरहेका पीडितको जीवनमा रुपान्तरण ल्याउने उद्देश्यले शिविरको आयोजना गरिएको मारवाडी युवा मंच सिलिगुडी शाखाका अध्यक्ष मनिष बजाजले बताउनुभयो ।
नेपालबाट जाने विरामी तथा विरामीका कुरुवालाई समेत शिविरमा खाने, बस्ने र सुत्ने निःशुल्क व्यवस्था गरिएको आयोजक आदर्श कन्दोईले जानकारी दिनुभयो । शिविरबाट नेपाल भारतका हातखुट्टा नभएका विरामीहरुको जीवनमा सहजता आउने विश्वास आयोजकले लिएकोछ ।
कृत्रिम हातखुट्टा चाहिने व्यक्तिले भदौ १ गतेसम्ममा नाम दर्ता गराई सक्नुपर्ने सूचना जारी गर्दै नेपालका लागि यज्ञराज अग्रवालाई सम्पर्क व्यक्तिका रुपमा तोक्दै ९८०४९४९४४९ फोन नं. सार्वजनिक गरिएको छ भने भारतका लागि मनिष बजाज ००९१९७३३००२२००, प्रवीण अग्रवाल ००९१९३३९०३२५४९ र आदर्श कन्दोईको ००१९५३१७४१८३० नम्बर सार्वजनिक गरिएको छ ।
भदौं ४ देखि नेपाल र भारतका लक्षित कृतिम हातखुट्टा प्रत्यारोपण शिविर

































































































