बिर्तामोड २१ साउन । साहित्यकार भवानी क्षेत्रीद्वारा लिखित कविता संग्रह ‘ढुङ्गा, माटो र म’ को आज आयोजित एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।
प्रगतिशील लेखक संघका अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि मिश्र बैजयन्ती, विशेष अतिथिहरू तीला लेकाली, लीला उदासी, राजन शिवाकोटी , लगायतले पुस्तकको सामुहित रूपमा कृतिको लोकार्पण गरेका हुन ।
विमोचित कृतिमाथि शारदा शर्मा र होम सुवेदीले समीक्षा गरेका थिए । कृतिको समीक्षा गर्दै समिक्षकहरूले शब्दको खेतीमा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा पहिचान बनाएकी क्ष्साहित्यकार क्षेत्रीले कविता संग्रहमा शिष्ट भाषामा समाज बोलेको टिप्पणी गरेका थिए । साहित्यमा महिला अधिकार विद्रोह बोल्ने क्षेत्रीको कविता संग्रहले सबैलाई म का रुपमा उभ्याएको वक्ताहरुको भनाई थियो ।
बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहतमा प्रगतिशील लेखक संघको आयोजनामा भएको कार्यक्रममा प्रगतिशील, लेखक संघ झापाका अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षता रहेको थियो । विन्दु दाहालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिवीका अश्रु, देवीचरण भण्डारी, पुण्यप्रसाद खरेल, दिलिप घिमिरे, खगेन्द्रा खुशी, विवस बलिभद्र कोइराला, लतिका जोशी, नमुना निरौला, सुमित्रा वाङ्देल (चेली), बिबश बलिभद्र, दिकीम भाई, माया मितु न्यौपाने, हरी न्यौपाने लगायतले लोकार्पित कृतिमा प्रकाशित कविता वाचन गरेका थिए ।
प्रगतिशील लेखक संघका उपाध्यक्ष आरती पोखरेलले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि बैजयन्ती, बिशेष अतिथि तिला लेकाली, प्रगतिशील लेखक संघ झापाका संस्थापक अध्यक्ष लीला उदासी, सुभद्रा भट्टराई, राजेन्द्र संग्रौला, राजन शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कृतिकार भवानी क्षेत्रीले मौलिकता र वास्तविकतामा जोड दिंदै अब ठूला भनिनेहरुबाट सिक्ने मात्र नभइ सिकाउनुपर्ने दिन आएको बताउनु भयो । कृति लोकार्पणमा नेपाल, भारतको सिक्किम तथा भुटानसम्मका श्रष्टाको सहभागिता रहेको थियो ।
क्षेत्रीद्वारा लिखित‘ढुङ्गा, माटो र म’ को लोकर्पण

































































































