Homeसमाचारसुनचाँदी पसल चोरी गर्ने गहनासहित पक्राउ

सुनचाँदी पसल चोरी गर्ने गहनासहित पक्राउ

सुनसरी २१ साउन। सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरा स्थितमा सोही स्थानका लक्ष्मण बि।क।को औलिया ज्वेलर्समा सुनचाँदी चोरी गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अनिल बराइली रहेका छन् । हिजो राती १ तला भएको पक्की घरमा रहेको औलिया ज्वेलर्समा घर पछाडी काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी चोरी गरेको आरोप छ । पसलमा चोरी लागेको सूचना पाए लगतै खटिएको ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटिएको थियो । घटनाको सुक्ष्म अनुसन्धान थालेको प्रहरी चोरी भएको २४ घण्टा नबित्दै चोरीमा सम्लग्नलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। अनुसन्धान गर्ने क्रममा शंकास्पद रहेका अनिल बराईलीको घरकोठा भित्र खानतलासी लिदाँ दराज पछाडी कालो झोलामा लुकाई छिपाई राखिएको चोरीको सुनका गरगहनाहरु ६ तोला ८३ लाल र चाँदीको गरगहनाहरु २९७ तोलाको अन्दाजी १० लाख ४० हजार ५९० बराबरको गरगहना बरामद भएको हो । चोरीएका सुनको गरगहनाहरु बरामद भएसगै नियन्त्रणमा लिइएका अनिललाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसुनचाँदी पसल चोरी गर्ने गहनासहित पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img