झापा २० साउन । आगलागीका कारण घरसहित सबै सरसामान समेत गुमाएकी झापा मेचीनगर १४ की लखि मर्डिले आज नयाँ घर पाउनु भएको छ ।
मेची अभियानको संयोजनमा मर्डिका लागि निर्माण गरिएको घर आज एक कार्यक्रमका बिच काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले हस्तान्तरण गर्नु भएको हाे । मेची अभियानका परिकल्पनाकार समेत रहनु भएका काँग्रेस महामन्त्री शर्माले मानवीय सेवा राजनीति भन्दा माथि हुने बताउनु भयाे ।
आगलागीबाट बास बस्ने ठाउँ समेत गुमाउनु भएकी लखि मर्डिलाई घर बनाइदिन सहयोग गर्ने सबैलाई धन्यबाद दिंदैे
मानवीय सेवा सप्ताह पुराण लगाएकाे भन्दा ठूलाे पुन्य कर्म हुने धारणा राख्नु भयाे ।
अभियान संकटमा परेका बेला अगुवाइ गर्ने संस्था भएकाले पनि यसको संयोजनलाई सबैले स्वीकार गरेको महामन्त्री शर्माले बताउनु भयो ।
दुवागढीस्थीत मजदुर बस्तीमा निर्माण गरिएको घर हस्तान्तरण कार्यक्रम अभियानका संयोजक विजय डालमियाको सभापतित्वमा भएको थियो । कार्यक्रममा स्थानीय सहयोग समितिका अध्यक्ष विश्व थापाले ४ लाख १७ हजारमा घर निर्माण सम्पन्न भएको प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा मेचीनगर १४ का वडा सदस्य लाल मोहम्मद मियाँले चिया बगानमा मजदुरी गर्ने लखि मर्डिको घर निर्माण गरिदिएकोमा सबैलाई धन्यबाद दिनु भयो ।
नेपाली काँग्रेसका क्षेत्रिय सभापति इन्द्रबहादुर बुढाथोकी, नगर सभापति सुवेशकुमार पनेरु, काँग्रेसका प्रदेश ख सभापति सन्तोस न्यौपाने, काँग्रेसका महाधिवेशन प्रतिनिधिहरु, स्थानीय समुदाय लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन पत्रकार ज्ञानेन्द्र निरौलाले गर्नु भएको थियो ।
आगलागी पीडित मर्डिले पाइन नयाँ घर

































































































