भद्रपुर २० साउन । लागुऔषध प्रयोग कर्ताहरुलाई निरुत्साहित गर्ने उद्देश्यले झापाको चन्द्रगढीमा एकदिने लागुऔषध दुव्र्यसनी विरुद्ध जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
चन्द्रगढी सामुदायिक प्रहरी सेवाकेन्द्र को आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा भद्रपुर १० स्थित विरेन्द्र नमुना क्याम्पस चन्द्रगढीमा स्थानक तह प्रथम बर्षमा अध्ययनरत एक सय माथिका छात्रछात्रालाई प्रशिक्षण प्रदान गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरुप्रसाद तिमल्सिनाले सहजीकरण गरेको कार्यक्रम क्याम्पस प्रमुख विवेक पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको औचित्यमाथि बरिष्ठ उपाध्यक्ष बाबुराम कार्कीले प्रकाश पार्नु भएको थियो ।
केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रकी प्रहरी हवल्दार अमरकुमारी खड्का र प्रहरी जवान मनिषा अधिकारीले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमको गणेश पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
लागुऔषध दुव्र्यसनी विरुद्ध जनचेतना मुलक कार्यक्रम

































































































