Homeसमाचारबाह्रदशबासीले निःशुल्क रगत पाउने

बाह्रदशबासीले निःशुल्क रगत पाउने

बाह्रदशी १९ साउन । नेपाल रेडक्रस सोसाइटी झापासंग समन्वय गर्दै बाह्रदशी गाउँपालिकाले पालिका भित्रका सबै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।
विगत चार वर्षदेखि पालिकाबासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा समेत सबै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको हो । जसका लागि नेपाल रेडक्रस सोसाइटी झापासंग सम्झौता भएको नेपाल रेडक्रस सोसाइटी झापाका सदस्य तथा प्रदेश १ का कोषाध्यक्ष ओमप्रकाश गौतमले जानकारी दिनुभयो ।
सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लगाई र रेडक्रसका तर्फबाट गौतमले हस्ताक्षर गर्नु भएको छ । गाउँपालिका भित्र रहेका नागरिक मध्ये कसैलाई रगत आवश्यक परेको खण्डमा नेपाल रेडक्रस सोसाइटी झापाले सञ्चालन गरेका रक्तसञ्चार केन्द्रबाट निःशुल्क रगत उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ ।
गत वर्षपनि पालिकाले सोही प्रकारको सम्झौता गर्दै गाउँपालिकाबासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको थियो । यो सेवाबाट सबैभन्दा बढी मिर्गौला पीडित विरामीले राहत पाएका छन् । गत वर्ष ३५० परिवारका चारसय जनाभन्दा बढी नागरिककले निःशुल्क रगत लिएको बताइएको छ ।
चालू आर्थिक वर्षका लागि समेत गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी झापालाई पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ । सोही रकमबाट बाह्रदशीबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो ।
योसंगै भद्रपुर नगरपालिकाले पनि आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेको छ भने यस अघि झापा गाउँपालिका र मेचीनगर नगरपालिकाले समेत आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटी झापाका सदस्य गौतमले बताउनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबाह्रदशबासीले निःशुल्क रगत पाउने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img