भद्रपुर १९ साउन । भुमी सुधार तथा मालपोत कार्यालय भद्रपुर झापाले आर्थिक बर्ष २०७८।०७९ को एक आर्थिक बर्षमा ५१ करोड ४२ लाख १ हजार ५१३ रुपैयाँ राजश्व लिखत दर्ता गराउने महिलाहरुलाई छुट दिएको छ । अघिल्लो आर्थिक बर्षको भन्दा २०७८।७९ मा लिखत पास गर्ने महिलाहरुको संख्यामा बृद्धि भएको छ ।
राज्यले पुरुषको तुलनामा महिलालाई २५ प्रतिशत जग्गा खरिद बिक्रिमा छुट दिएसंगै सम्पत्तिमा महिलाको अधिकार कायम गर्ने क्रम बढेको देखिन्छ । यसरी छुट पाउनेमा ग्रामिण क्षेत्रका २ हजार ५४ र नगर क्षेत्रबाट ९ हजार १५ सहित जम्मा ११ हजार ६ सय ७९ वटा लिखत दर्तासंगै सो संख्या बराबरको राजश्वमा छुट दिएको हो ।
अघिल्लो आव मा भने ७ हजार ६१ वटा लिखद पास गर्ने महिलाहरुलाई ३९ करोड २१ लाख ८ हजार ४२६ रुपैयाँ मात्र राजश्व छुट प्रदान गरेको थियो ।
आर्थिक बर्ष २०७८/७९ को असार मसान्त सम्ममा विभिन्न विवरण अन्र्तगत जम्मा ५२ करोड ४७ लाख ८ हजार ७८२ रुपैयाँ राजश्वमा छुट गरेको कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीले बताउनु भयो ।
उहाँका अनुसार नगर तथा ग्रामिण क्षेत्रका दलितहरुलाई १० लाख २२ हजार १७७ रुपैयाँ, शहीद परिवारलाई ११ हजार ६५० र पतिपत्नीको संयुक्त नाममा लिखत पास गर्ने ५ जनालाई २३ हजार ४४२ रुपैयाँ राजश्व कार्यलयले छुट दिएको छ ।
परिचय पत्रको आधारमा अपाङ्ग, महिला र दलितलाई २५ प्रतिसत र एकल महिलालाई ३५ प्रतिसत सम्म राजश्मा छुट दिने गरेको कार्यलयले जनाएको छ । यस कार्यलयबाट झापाको माई पुर्वका ११ वटा स्थानीय तहका जग्गा किनबेच लगायतका कारोबार हुने गरेका छन् ।
५१ करोड ४२ लाख बढी मालपोतद्वारा राजश्व छुट

































































































