Homeसमाचारसाहित्य चौतारी झापाले २३ औं बार्षिकोत्सवमा संगीतकार राईलाई सम्मान गर्ने

साहित्य चौतारी झापाले २३ औं बार्षिकोत्सवमा संगीतकार राईलाई सम्मान गर्ने

बिर्तामोड २७ असार । साहित्य चौतारी झापाले स्थापनाको २३ औं बार्षिकोत्सवमा शास्त्रीय संगीतका गुरु कुशेश्वर राईलाई सम्मान गरिने भएको छ । विराटनगर निवासी राईलाई असार ३१ गते विशेष कार्यक्रमका बीच सम्मान गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
साहित्य चौतारी झापाले बिर्तामोडमा पत्रकार सम्मेलन गरी संस्थाको बार्षिकोत्सव तथा भानुजयन्तीमा गरिने कार्यक्रमबारे जानकारी गराएको हो । साहित्य चौतारी झापाका संगीततर्फका उपाध्यक्ष दिपक रायमाझीको अध्यक्षता तथा संस्थापक संरक्षक देवीभक्त श्रेष्ठको बिशेष उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा संरक्षक श्रेष्ठले असार ३१ गते गरिने कार्यक्रमबारे जानकारी दिनुभयो । लोकदोहोरी गायक इलामका देवीप्रसाद गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने बताइएको छ ।
कार्यक्रममा राईलाई विशेष सम्मानका साथै गायन, नृत्य तथा कविता वाचन लगायतका कार्यक्रम गरिने बताइएको छ । साथै संस्था स्थापनाको रजत महोत्सवको अवसर पारेर आगामी दिनमा स्मारिका प्रकाशन, खेलकुद पुरस्कार स्थापना, अन्य विधामा पुरस्कार स्थापना, मासिक सांगीतिक काब्यसभाको निरन्तरता लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ ।
संस्थाकी सचिव खगेन्द्रा खुशीले सञ्चालन गरेको कार्यक्रममा स्वागत साहित्यतर्फका उपाध्यक्ष कृष्ण निराकारले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसाहित्य चौतारी झापाले २३ औं बार्षिकोत्सवमा संगीतकार राईलाई सम्मान गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img