Homeसमाचारनिजामती सेवा ऐन जारी गरी कार्यन्वयन गर्न माग

निजामती सेवा ऐन जारी गरी कार्यन्वयन गर्न माग

भद्रपुर २७ असार । झापाका राष्ट्रियस्तरका ४ वटा निजामती कर्मचारी संगठनहरुले तत्काल संघीय निजामति सेवा ऐन जारी गरी कार्यन्वयन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
राष्ट्रियस्तरका झापाका संघ संगठन कर्मचारी अध्यक्षहरु क्रमश ः निजामती कर्मचारी संगठनका अध्यक्ष केदार पोखरेल, कर्मचारी युनियन अध्यक्ष कविन्द्रबिक्रम नेम्वाङ्ग, राष्ट्रिय कर्मचारी संगठन अध्यक्ष यदुनन्दन दाहाल, एककिृत सरकारी कर्मचारी संगठन अध्यक्ष निरज कट्टेल, आधिकारीक टे«ड युनियन झापा अध्यक्ष लक्ष्मी गुरागाँई सहितका कर्मचारीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय झापा पुगेर ऐन जारी गरी तत्काल कार्यन्वयन गर्न माग गर्दै प्रधामन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझएका हुन् ।
ज्ञापन पत्रमा देश संघीय राज्य व्यवस्थामा गएको लामो समय वितिसक्दा पनि संघीय शासन प्रणलीको कार्यन्वयनको लागि संघ प्रदेश तथा स्थानीय तहको कर्मचरी प्रशासन व्यवस्थापन गर्ने छाता कानुनको रुपमा रहेको ऐन जारी नहँुदा मुलुकको सार्वजनिक प्रशासन अस्थिर र अन्योलताको भुमरीमा परेको उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा सार्वजानिक सेवाप्रवाहको प्रमुख माध्यमको रुपमा रहेको देशको निजामती सेवालाई व्यवस्थापन गर्ने बिषय सरकारको प्राथमिकतामा नपर्नु गम्भिर चिन्ताको बिषय हुनुका साथै सरोकारवाला निकायमा नेपाल सरकारलाई पटक पटक ध्यानाआर्कषण गराइए पनि सुनुवाई नभएको उल्लेख छ ।
ऐन नबन्दा सेवा प्रवाहमा पारदर्शी र स्थिरता नआउने भन्दै तत्काल ऐन जारी गरी चुस्त र दुरुस्त प्रभावकारी ,पारदर्शी तरिकाले सेवा प्रवाह गर्न जोड माग समेत गरिएको छ ।
ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आफुले धेरै बर्ष अगाडीबाट ऐन बनाउन दवाब दिएको बताउदै ज्ञापन पत्रलाई यथाशिघ्र प्रधानमन्त्रीको कार्यलयलाई पठाएर सहयोग गर्ने बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनिजामती सेवा ऐन जारी गरी कार्यन्वयन गर्न माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img