HomeFeatured 2बाढीका कारण झापामा २८९ परिवारका ७७२ जना विस्थापित

बाढीका कारण झापामा २८९ परिवारका ७७२ जना विस्थापित

बिर्तामोड १४ असार । हिजो रातिदेखि भएको अविरल वर्षातका कारण झापाका विभिन्न स्थानका २८९ परिवार विस्थापित भएका छन् । उत्तरदक्षिण भएर बग्ने कनकाई, रतुवा, अंदुवाखोला, बनियानी र खोल्सा तथा पैनीमा आएको बाढीका कारण बस्ती डुवानमा पर्दा सो क्षेत्रमा बसोबास गर्नेहरु विस्थापित भएका हुन् । २८९ परिवारका ७७२ जना विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।
वर्षातका कारण स्थानीय खोल्सामा पैनीमा आएको बाढीबाट झापाको भद्रपुर नगरपालिका वडा नं. ८ को सुकुम्बासी बस्तिका २६ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई नजिकैको उच्च स्थानमा स्थानान्तरण गरिएको छ । त्यस्तै शिवसताक्षी–४ स्थित सुकुम्बासी बस्तिका विस्थापित ३३ परिवारका एकसय १८ जनालाई उद्दार गरी स्थानीय त्रिभुवन माविमा राखिएको छ ।
त्यस्तै कनकाई नदीकै बाढी बस्तिमा बस्दा गौरीगंज–१ टुनुवस्तीका विस्तापित १२ परिवारलाई रामजानकी प्राविमा राखिएको छ ।
त्यस्तै गौरादह नगरपालिका वडा नं.–६ मा पर्ने लेलिया बस्तीका १२५ परिवार विस्थापित भएका छन् । रतुवा खोलामा आएको बाढीका कारण विस्थापित उनीहरुलाई उच्च स्थानमा सारिएको छ भने गौरगंज गाउँपालिका वडा नं. १ का महाभारा, बालुवाड, देविगडा, टप्पुबस्तीका ३३ परिवार विस्थापित भएका छन् । बनियानी खोला र कनकाई नदीमा आएको बाढीका कारण विस्थापित भएका उनीहरु अहिले छिमेकीको शरणमा बसेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।
यता बाह्रदशी २ स्थित सुकुम्बासीबस्तीका विस्थापित ६० परिवारलाई दक्षिणेश्वर मन्दिरमा सारिएको छ । अंधुवा खोलामा आएको बाढीका कारण बाह्रदशी–२ का ६० परिवारका ३१० जना विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापाका बाढीको तथ्याङ्कक संकलन गरिरहनु भएका हरिशरण खड्काले जानकारी दिनुभयो ।
बाढीबाट विस्थापित भएका भद्रपुर ८ का सुकुम्बासीलाई नेपाल रेडक्रस सोसाइटी झापा शाखाले राहत स्वरुप १२ थान त्रिपाल उपलब्ध गराएको नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बाढीका कारण झापामा २८९ परिवारका ७७२ जना विस्थापित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img