Homeसमाचारपाँचसय ४५ घर अझै डुवानको जोखिममा

पाँचसय ४५ घर अझै डुवानको जोखिममा

भद्रपुर १४ असार । झापाका विभिन्न नदी, खोला/खोल्सा तथा पैनीमा आएको बाढीका कारण धेरै बस्तीहरु अझै डुवानको जोखिममा रहेका छन् ।
गौरादह नगरपालिका वडा नं. ५ र ६ स्थित कोहवरा उत्तर टंगुवा समुदायका ५० घर डुवानमा परेका छन् भने बालुबथानमा रतुवा खोलामा आएको पानी बस्तिमा पस्न थालेको छ । त्यसैगरी वडा नं. वडा नं.मा ढ्याग्री खोलामा आएको बाढीबाट ६० परिवार डुवानको जोखिममा छन् भने दामना खोलाका कारण वडा नं. ६ को सुकुम्बासी बस्तीका ३५ घर परिवार प्रभावित भएका छन् ।
शिवसताक्षी वडा नं. ६ स्थित स्वास्थ्य कार्यालय आसपास र ठगबस्तीका ५० परिवार सताक्षी र मक्करडुब्बा खोलामा आएको बाढीबाट डुवानमा परेका छन् ।
झापा गाउँपालिका १ का सितुमारी, मिलनबस्ती, वडा नं. २ स्थित सिर्जनाबस्ती, वडा नं. ३ को नयाँबस्ती वडा नं. ७ को टप्पुबस्तीसहित ३५० घर कनकाई नदीका कारण उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपाँचसय ४५ घर अझै डुवानको जोखिममा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img