बिर्तामोड १३ असार । बिर्तामोडका व्यापारी व्यवसायीहरूकाे छाता संगठन विर्तामोड उद्योग वाणिाज्य संघले व्यापारी व्यवसायी र स्थानीय पालिकाबीच देखिएकाे समस्या समाधान र आवश्यक समन्वयका लागि कार्यदल गठन गरेकाे छ ।
संघकाे कार्यालयमा आज विहान सम्पन्न कार्यसमिति तथा संघका पूर्व अध्यक्षहरूसहितकाे बैठकबाट संघका अध्यक्ष प्रकाश शिवाकोटीकाे संयाेजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेकाे हाे ।
कार्यदलका सदस्यहरूमा बरिष्ठ उपाध्यक्ष राजु न्याैपाने, जनसम्पर्क उपाध्यक्ष नैनकला भट्टराई, सहकाेषाध्यक्ष राधिका चुडाल, निवर्तमान अध्यक्ष कुमार भट्टराई, पूर्व अध्यक्ष राजेन्द्र थापा रहेका छन् । सात सदस्यीय कार्यदलमा एकजना कृषिथाेक बजारस्थित देवीहाटका व्यापारीहरूकाे तर्फबाट रहने संघका उपाध्यक्ष सञ्जीव घिमिरेले जानकारी दिनुभयाे ।
देवीहाटका व्यापारीहरूले विद्दुत मिटर जडानका लागि बिर्तामोड नगरपालिकासंग सिफारिस माग गर्दा नदिएपछि गत असार ५ गतेदेखि उक्त बजारका व्यापारी र व्यापारी व्यवसायीकाे छाता संस्था विर्तामोड उद्योग वाणिज्य संघ आन्दाेलनमा छ ।
व्यवसायीकाे निरन्तरकाे आन्दाेलनपछि नगरपालिकाले समस्या समाधान लागि कार्यदल गठन गरेपनि व्यवसायीकाे प्रतिनिधित्व नै नगराएपछि व्यापारीहरू अझ ससंकित भएका छन् ।
नगरपालिकाले उपमेयरकाे संयाेजकत्वमा वडाध्यक्ष तथा पूर्व जनप्रतिनिधिहरूलाई कार्यदलमा राखेर व्यापारी व्यवसायीकाे प्रतिनिधि नराख्नुले नगरपालिकाले व्यापारीकाे समस्याप्रति गम्भीर नभएकाे हाे कि भन्ने आशंका बढेकाे एक व्यापारीले बताए । उनले भने- `हाम्राे हक हितका कुरा गर्ने न संघका तर्फबाट काेही छ न हामी व्यापारीबाट, हाम्राे समस्या नै थाहा नभएकाहरूले के हाम्राे कुरा बुझ्लान् र यत्राे आन्दाेलन गर्दा त सुनेका छैनन्।´
यसैबीच नगरपालिकाद्वारा गठित कार्यदलले वाणिज्य संघलाई छलफलका लागि बाेलाएकाे बुझिएकाे छ ।
कार्यदलले संघलाई पत्र पठाउँदै आइतबार विहान ७ बजे छलफलका लागि उपस्थित हुन बाेलाएकाे बरिष्ठ उपाध्यक्ष न्याैपानेले जानकारी दिनुभयाे ।
व्यापारी-व्यवसायीकाे समस्या समस्याबारे वार्ता र छलफलका व्यवसायीद्वारा कार्यदल गठन

































































































