कनकाई १३ असार । मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्था विर्तामोडको आयोजनामा सदस्यहरु लक्षित सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्था मातहतको शिक्षा उपसमितिको आयोजनामा र सहकारी रजिष्टार तथा सहकारी प्रशिक्षण कार्यालय प्रदेश नं.–१ का मनोज कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीका नीति नियम, सहकारीमा सदस्यको भूमिका लगायतका विषयमा प्रदेश–१ का सहकारी प्रशिक्षक अधिकृत मोहनराज भट्टराईले सहजीकरण गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष टंकप्रसाद दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शिक्षा उपसमिति संयोजक किशोरकुमार दाहालले गर्नुभएको थियो भने सञ्चालन संस्थाका सचिव नैनकला भट्टराईले गर्नुभएको थियो ।
७० जना बढीको सहभागिता रहेको कार्यक्रममा संस्थाका शेयर सदस्य तथा प्रशिक्षार्थी अनिता दाहाल र नविन उप्रेतीले आ–आफ्नो धारणा राखेका थिए ।
संस्थाले आजै कनकाई १ मा रहेका सुस्त मनस्थिति भएका बालबालिकालाई खाद्यान्न, सरसफाई र स्टेसनरीका सामग्री समेत वितरण गरेको सचिव नैनकला भट्टराईले जानकारी दिनुभयो ।
मातृभाग्य साकोसद्वारा सहकारी शिक्षा प्रशिक्षण र खाद्य सामग्री वितरण

































































































