Homeसमाचारपाथीभराले ल्यायो नयाँ प्रविधि जडित मोसा, सुरक्षादेखि गन्तव्यसम्म पत्ता लगाउने

पाथीभराले ल्यायो नयाँ प्रविधि जडित मोसा, सुरक्षादेखि गन्तव्यसम्म पत्ता लगाउने

बिर्तामोड १३ असार । जगदम्बा मोटर्स कम्पनीले १० उत्कृष्ट डिलरहरुमार्फत टिभिएस अपाचे आरटिआर १६० फोर भी आरटीएफआई मोटरसाइकल बजारमा ल्याएको छ ।
१० उत्कृष्ट डिलर मध्येको एक बिर्तामोडस्थित पाथीभरा अटो लिंकले एक कार्यक्रमका बीच नयाँ प्रविधि जडित उक्त मोटरसाईकल सार्वजनिक गरेको छ । पाथीभरा अटो लिंकमा आयोजित कार्यक्रमका बीच उद्योग बाणिज्य संघ विर्तामोडका बरिष्ठ उपाध्यक्ष एवम् प्रमुख अतिथि राजु न्यौपाने, नेपाल प्रेस युनियन झापा शाखाका अध्यक्ष तथा विशेष अतिथि इन्दु पूर्वेलीले संयुक्त रुपमा मोटरसाईकल सार्वजनिक गर्नुभएको हो ।


५० देखि ५२ किलोमिटरसम्म माइलेज दिने उक्त मोटरसाइकलमा थ्री राइड मोडहरु (रेन अर्वन र स्पोर्ट) जस्ता वर्गकै पहिलो र उत्कृष्ट फिचरहरु रहेको जगदम्बा मोटर्सका रिजनल म्यानेजर तीर्थ रिजालले जानकारी दिनुभयो । पाथीभरा अटो लिंकका प्रोपाइटर याम कार्कीले उत्कृष्ट फिचरहरुले भरिपूर्ण उक्त मोटरसाइकलमा मोवाइल जडान गर्न सकिने र त्यसमार्फत आफ्नो गन्तव्यको लोकेशन तथा गाडीको सुरक्षा समेत गर्न सकिने जानकारी दिनुभयो ।


मोटरसाईकल सार्वजनिक गर्दै प्रमुख अतिथि न्यौपानेले धुवाँरहित गाडी बजारको माग रहेको उल्लेख गर्दै टिभिएसका गाडीहरु जनमानसले रुचाएको चर्चा गर्नुभयो । नयाँ मोडेल र उत्कृष्ट फिचर रहेको र मजबुत उक्त मोटरसाइकल युवाहरुको रोजाईमा पर्ने विश्वास व्यक्त गर्दै न्यौपानेले पहाडी भेगमा समेत गुड्न सक्ने तान क्षमता रहेकोले यसको भरपुर उपयोग गर्न युवालाई आह््वान समेत गर्नुभयो ।
भारतीय मोटर कम्पनी टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नेपालमा १३७ वटा डिलर २०० बढि सेवा तथा स्पेयर्स पार्टस स्टेशनहरुको राष्ट्रव्यापी सञ्जाल बनाएको पाथीभरा अटो लिंकका सेल्स मेन सुदिप पाठकले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपाथीभराले ल्यायो नयाँ प्रविधि जडित मोसा, सुरक्षादेखि गन्तव्यसम्म पत्ता लगाउने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img