हल्दिबारी १२ असार । हल्दिबारी गाउँपालिका वडा नं.–५ ले सरकारी तथा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने कार्यमा प्रतिवन्ध लगाएको छ ।
आज सम्पन्न ५ नं. वडा समितिको बैठकले गाउँपालिकाका वडा नं.–५ भित्र रहेको वडा कार्यालय, विद्यालय, आधारभूत स्वास्थ्य केन्द्र, आमा समूहको भवन, बजार तथा सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको पाइएमा कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाउने वडाध्यक्ष खड्गबहादुर लावतीद्वारा जारी सूचनामा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, मानिसहरुलाई डर, त्रासमा पारी आतंक सिर्जना गर्ने, काम कसैले पनि गर्न नपाउने, गरेमा नियमानुसार कानूनी कार्वाहीको प्रकृया अगाडि बढाउने भनि निर्णय भएकोले अव उप्रान्त त्यस्ता कार्य नगर्नु हुन सबैलाई अनुरोध छ ।
मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्न प्रतिबन्ध

































































































