संविधानसभामा सदस्य, गाउँपालिका अध्यक्षमा पराजित भएपनि जनताका काम गर्न आफूलाई कहिले नछेकेको बताउँदै भनिन्–‘एकपटक हार हुँदा मान्छे ३ महिना ६ महिनासम्म गाउँमा निस्कदैनन्, मैले अघिल्लो पटक हारे, तर म ६ दिनमै यही गाउँमा स्वास्थ्य शिविर गरे । त्यो पराजयले मलाई मैले अझै धेरै काम गर्नु रहेछ भन्ने लाग्यो । त्यही अनुसार काममा लागि रहे । जनअनुमोदित हुने चाहनालाई यो पटक आम पालिकाबासीले साकार बनाइदिएका छन् । अबको पालो जनताका सुख, दुःखको सारथी बन्दै जनताको विकास र समृद्धिको उत्कट चाहनालाई पूरा गर्न नेतृत्वको ध्यान जानुपर्छ ।
गौरीगंज । गत बैशाख ३० गते सम्पन्न मतदानबाट झापाको गौरीगंजको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित भए । प्रदेश १ का १३७ पालिका मध्ये अध्यक्ष र उपाध्यक्ष दुवैमा महिला निर्वाचित भएको झापाको गौरीगंज एकमात्र पालिका हो ।
प्रदेश १ का पालिकाहरु मध्ये दुईवटा नगरपालिकाका मेयर र चार गाउँपालिकाका अध्यक्ष गरी ६ पालिकाको नेतृत्व महिलाले गरिरहँदा तिनै दुई गाउँपालिका मध्ये गौरीगंजका अध्यक्ष र उपाध्यक्ष दुवैमा महिला निर्वाचित भएको एकमात्र पालिका हो ।
गौरीगंजमा कांग्रेसबाट अध्यक्षमा फुलवती राजवंशी र एमालेबाट उपाध्यक्षमा पुजनकुमारी कुँवर निर्वाचित भएका हुन् ।
झण्डै अढाईदशक अघिसम्म सामाजिक कामका लागि महिलाको प्रतिनिधित्व गराउन कठिन रहेको गाउँपालिकामा लगभग अढाईदशकपछि पालिकाको मुख्य दुवै पदमा महिला निर्वाचित हुनु महिला आन्दोलनको सफलता हो ।
गाउँपालिकाको अध्यक्षमा निर्वाचित फुलवती राजवंशीले भनिन्–‘२०५१ सालमा यहाँ आउँदा सामाजिक काममा महिलालाई बाहिर निकाल्न निकै कठिन थियो, जिल्ला विकासबाट योजना ल्याएर काम गर्दा महिलाको प्रतिनिधित्व गराउनै सकिंदैनथ्यो, तर आज त्यो अवस्था रहेन् ।’
झापाकै साविक जुरोपानी गाविसमा सामान्य परिवारमा जन्मी, हुर्किएकी राजवंशीमा भने सानैदेखि राजनीतिक चेत भरियो । त्यो बेला क्याम्पस पढ्दा पनि मेरो जागिरतिर मन गएन, मैले समाजसेवाका क्षेत्र मै काम गर्नुपर्छ भन्ने कुराले जागृत गरायो–उनले भनिन् ।
२०७४ मा कांग्रेसबाट सोही पालिकाको अध्यक्षको उम्मेद्वार रहेकी राजवंशीले राप्रपाका बाबुराजा श्रेष्ठसंग झिनो मतले पराजित भइन् । यसअघि संविधानसभा निर्वाचनमा पनि पाटीले समानुपातिक तर्फबाट उम्मेद्वार बनाइएको थियो । तर पछि उनी परिनन् ।
सामाजिक काम गर्न पद नै हुनुपर्छ भन्ने कुरामा विश्वास नगर्ने राजवंशीले राजनीतिमा सफलता असफलता जे प्राप्त भएपनि त्यसलाई स्विकार गरिन् र निरन्तर जनताका दुःख सुख र सामाजिक तथा सार्वजनिक काममा आफ्नो बलबुताले भ्याएसम्म काम गरिरहिन । सोही कारण उनी आज पालिकाको अध्यक्षमा निर्वाचित हुन सफल भएको ठान्छिन् । उनले भनिन्–‘समाजसेवा गर्न पद नै चाहिन्छ भन्नेमा मन कहिले गएन, अवसर पाएपनि नपाए म विचलित भइन । हार्दा पनि थाकिन, काम गर्दा निरन्तरता पनि चाहिन्छ ।’
प्रदेश १ मा महिलाले नेतृत्व गरेको पालिकालाई प्रदेशमा मात्र नभएर देशमै उत्कृष्ट बनाउने लक्ष्य रहेको बताउँदै उनले भनिन्–‘उत्कृष्ट बनाउने दृढ इच्छा छ सद्भाव र माया छ हेरौ अब के हुन्छ ।’
जुरोपानीकी राजवंशीलाई बैबाहिक नाताले २०५१ सालमा जुरोपानीबाट साविक गौरीगंज गाविसमा पुर्याएको थियो ।
संविधानसभामा सदस्य, गाउँपालिका अध्यक्षमा पराजित भएपनि जनताका काम गर्न आफूलाई कहिले नछेकेको बताउँदै भनिन्–‘एकपटक हार हुँदा मान्छे ३ महिना ६ महिनासम्म गाउँमा निस्कदैनन्, मैले अघिल्लो पटक हारे, तर म ६ दिनमै यही गाउँमा स्वास्थ्य शिविर गरे ।
त्यो पराजयले मलाई मैले अझै धेरै काम गर्नु रहेछ भन्ने लाग्यो । त्यही अनुसार काममा लागि रहे । जनअनुमोदित हुने मेरो चाहनालाई यो पटक आम गाउँपालिकाबासीले बुझिदिनुभयो र उहाँहरुले नै यो पटक फुलवतीलाई छोड्नु हुन्न भनेर लाग्नु भयो ।’ उनले थपिन्–‘अहिले महिलाहरु जागरुक हुनुभएको छ । पहिले पहिले घरबाट निस्कन नमान्नेहरु अहिले महिला अघि बढ्नुपर्छ भन्न थाल्नु भएको छ ।
महिला दिदी बहिनीमा महिला अघि बढ्नुपर्छ भन्ने भावना जागृत भएको छ ।

































































































