Homeसमाचारलागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

झापा १२ असार । झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखास्थितबाट अबैध लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतबार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले माई नगरपालिका–८ ईलामका २५ बर्षीय सुजेन्द्र राई, झापा कन्काई नगरपालिका–३ का ४३ बर्षीय बेनुप्रसाद चिमरिया र कन्काई–४ का ३२ बर्षीय हेम नारायण चौधरीलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले १७ ग्राम लागुऔषध ब्राउनसुगर, नगद ८८,५००, मोवाइल २ थान र ३ थान मोटरसाईकल बरामद गरेको छ ।
यसैगरी सोही स्थानमा लागुऔषध खरिद गर्न आएका दमक नगरपालिका–१० का २८ बर्षीय सुजन राई र दमक नगरपालिका–९ का २५ बर्षीय सुरज तामाङलाई को ६ प ६९४८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिइएको हो । यसरी लागुऔषध सहित पक्राउ परेका ५ जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img