Homeसमाचारबुद्धशान्तिका भूमिहिनलाई एक महिनामा धनीपूर्जा वितरण गरिने

बुद्धशान्तिका भूमिहिनलाई एक महिनामा धनीपूर्जा वितरण गरिने

बुद्वशान्ति । राष्ट्रिय भूमि आयोगले बुद्धशान्ति गाउँपालिकामा भूमिहीन दलित र भूमिहीन सकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रकृया तिब्र रुपमा अघि बढाएको छ ।
सोही कार्यक्रम अन्र्तगत वडा न. २ मा जम्मा १०२ वटा दर्ता भएका निवेदनमा करिव ८० जनालाई निस्सा वितरण भइसकेको छ । त्यसैगरि कम्तिमा एक महिना भित्रमा जग्गाको धनीपुर्जा वितरण गर्ने लक्ष्य राखेर आजबाट भोग चलनका आधारमा नक्सानङ्कको काम शुरु भएको राष्ट्रिय भूमि आयोग बुद्धशान्ति सेवा केन्द्रका प्रमुख देवेन्द्र कट्वालले जानकारी दिए ।
नक्सानङ्कको उद्घाटन राष्ट्रिय भूमि आयोग झापाका प्रमुख तिलक सिँह पाण्डे, भद्रपुर नापी विभाग तथा राष्ट्रिय भूमि आयोग जिल्ला सदस्य सचिव दुर्गा दास महर्जन, गाँउपालिका अध्यक्ष मनोज प्रसाई, उपाध्यक्ष भवानी प्रसाद खतिवडाले सयुँक्त रुपमा गरेका थिए ।
आजदेखि शुरुभएको नक्सानङ्कनमा नापि कार्यलय झापाबाट १ अमिन सहित ७ जनाकाे टिम खटाइएको बुद्धशान्ति आयोग प्रमुख कट्वालले जानकारी दिए । यसैगरि २ नम्बर वडापछि बुद्धशान्तिका अन्य वडामा क्रमश निस्सा वितरण र नक्सानङ्कनको कार्य अघि बडाइने गाँउपालिका अध्यक्ष मनोज प्रसाईले बताएका छन् ।
प्रमुख प्रशासकिय अधिकृत युवराज कट्टेल, बुद्धशान्ति २ का वडाध्यक्ष डिल्ली ओली र विभिन्न दलका प्रतिनिधिहरुको पनि सहभागितामा कार्यक्रम अघि बढाइएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबुद्धशान्तिका भूमिहिनलाई एक महिनामा धनीपूर्जा वितरण गरिने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img