दमक । झापाको गौरिगंज गाऊपालिका जेनेरेटरबाट करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंज ५ फत्तेपुरका शिवलाल सिंह गनगाईको छोरा १७ बर्षीय रोहित सिंह गनगाई रहेका छन् । सोमबार (आज) बिहान ८ बजे छिमेकीको बिहेमा जेनेरेटरको तार खोल्ने क्रममा करेन्ट लागी घाईते भएका गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बिहान साढे ८ बजे मृत्यु भएको हो ।

































































































