Homeसमाचारसामुदायिक प्रहरी सेवा केन्द्रद्वारा चन्द्रगढी बजार सरसफाई

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा चन्द्रगढी बजार सरसफाई

भद्रपुर । जथाभावी फालिने प्लाष्टिक व्यवस्थापनको दीर्घकालिन समाधान खोज्न आग्रह गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी झापाले चन्द्रगढी बजार आसपासको क्षेत्र सरसफाई गरेको छ ।
सेवा केन्द्र्का अध्यक्ष दुर्गाप्रसाद पाठकको नेतृत्वमा सोमबार निस्केको स्थानीय प्रहरी सहितको टोलीले सदरमुकाम चन्द्रगढीको लेखनाथ चोक देखि बजार सहित टेूड युनियन चोक सम्मको लगभग १ किलो मिटरको क्षेत्र आसपास सरसफाई गरेको हो ।
पराग गुड्खाका खोल जथाभावी नफालौ, घरबाट निस्कने फोहोरलाइ एकै ठाउमा जम्मा गरि नगरपालिकाको गाडीमा पठाऔ, सड्ने र नसड्ने फोहरोलार्इृ छुट्टा छुट्टै राखि व्यवस्थापन, सफा र स्वच्छ चन्द्रगढी बजार बनाऔ जस्ता विभिन्न नारहरु समेटिएको प्ले कार्ड सहित निस्केको टोलीले सरसफाई गरेको हो ।
घरबाट निस्कने जथाभवी फालिने फोहोरका कारण मानिसको स्वास्थ्यमा क्यान्सर लगायतका विभिन्न रोगहरु लागेर मानिसको अकालमा मृत्यु सम्म हुने भएकोले समयमै यसको व्यवस्थपन गर्नु पर्ने अध्यक्ष पाठकले बताउनु भयो । उहाँले प्लाष्टिकलाई जलाएमा बाताबरणलार्इृ असर गर्ने र जथाभावी फाल्दा जमिनको उर्वराशक्ति ह्रास हुने भएकोले सबैले प्लाष्टिकको दीर्घकालिन समाधान गर्नु पर्ने उहाँको भनाई छ । सरसफाइमा सहभागिहरुले घर पसलबाट निस्कने प्लाष्टिक लगायतका फोहोरजन्य पदार्थको व्यवस्थापन आफैले गर्दै सफा र स्वस्च्छ बजार बनाइनु पर्ने बताएका छन् । सहभागिहरुले घर तथा आआफनो पसल आसपासको क्षेत्रमा सफा र स्वच्छ वातावरण बनाउन सबैले विरुवा रोप्नुपर्नेमा समेत जोड दिएका छन् ।
कार्यक्रममा भद्रपुर ७ ,८ र १० का वार्ड अध्यक्षक्षहरु क्रमशः अभिषेख ढुङ्गाना, मनोज सुब्बा गौरब, टेकबहादुर खड्का काजी, टूाफिक प्रहरी कार्यलय चन्द्रगढी तथा स्थानीयहरु प्रहरी लगायतको सहभागिता रहेको थियो ।
सचिव धनप्रसाद सिवाकोटीले सहजीकरण गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रविण भट्टराईले मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसामुदायिक प्रहरी सेवा केन्द्रद्वारा चन्द्रगढी बजार सरसफाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img