Homeसमाचारनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

निर्वाचित जनप्रतिनिधिलाई सम्मान

अर्जुनधारा २२ जेठ । नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको आयोजनामा नगर क्षेत्रभित्र स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत, सम्मान र मतदातालाई धन्यवाद कार्यक्रम सम्पन्न भएको छ ।
१ नम्बर प्रदेश सभापति उद्वव थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १ नं वडा अध्यक्ष उपेन्द्र बस्नेत, २ नं वडा अध्यक्ष नरेन्द्र श्रेष्ठ, ३ नं वडाअध्यक्ष सिताराम भट्टराई, ४ नं वडाध्यक्ष अमर कटुवाल, ५ नं वडाध्यक्ष हरि खडका, ६ नं वडाध्यक्ष हरिस बास्तोला, ९ नं वडाअध्यक्ष भीष्म मिश्र लगायत वडा परिषद सदस्यहरुलाई प्रदेश सभापति उद्धव थापा, जिल्ला सचिव कृष्ण हुमागाई, प्रदेश सदस्य राजकुमार बराइली, नगर सभापति हेमराज खरेल लगायतले स्वागत सम्मान गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख थापा, प्रदेश सदस्य बराइली, जिल्ला सचिव हुमागाई, गठबन्धन दल नेकपा एसका नगर अध्यक्ष अर्जुन मेचे, नेका जिल्ला सदस्य सरस्वती सिटौला, महिला संघ अध्यक्ष लीलादेबी कटुवाल, महाधिवेशन प्रतिनिधि सीता पौडेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
नगर निर्वाचन परिचालन समितिका संयोजक दीपक तामाङ्गको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस नगर सचिव इन्दिवर खड्काले गर्नुभएको सो कार्यक्रममा नगर सभापति खरेलले स्वागत गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनिर्वाचित जनप्रतिनिधिलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img